रोजगारी

आयो नासुको लिखित परीक्षाको नतिजा

एकता न्यूज | भदौ ६, २०७८ - आइतवार

काठमाडौँ । लोक सेवा आयोगले राजपत्र अनङ्कित प्रथम श्रेणी(अप्राविधिक) नायब सुब्बा वा सो सरहको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आइतबार अपराह्न एक सूचना जारी गर्दै धनकुटा कार्यालयको विज्ञापन नं.१०००२-१०००७/०७७-०७८ को नतिजा सार्वजनिक गरेको हो । आयोगको धनकुटा, इलाम र खोटाङ कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षामा सम्मिलित ४७२१ जना उम्मेदारहरुमध्ये १६५२…

उपसचिव बढुवाका लागि ६ जनाको नाम सिफारिस

एकता न्यूज | भदौ २, २०७८ - बुधबार

काठमाडौँ । उपसचिव बढुवाका लागि छ जनाको नाम सिफारिस गरिएको छ । मङ्गलवार बसेको बढुवा समितिको बैठकले कार्यक्षमताको आधारमा गरिने बढुवाका लागि छ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस हुनेमा नेपाल इन्जिनियरिङ सेवा स्यानिटरी उपसमूहअन्तर्गत अमित रंजित र विदुर झा छन् । यस्तै इरिगेशन उपसमूह अन्तर्गत मनोज प्रसाद पटेल, शम्भु राज…

कर्मचारीको नयाँ तलवमान सार्वजनिक, कसको कति पुग्यो हेर्नुहोस्

एकता न्यूज | साउन २७, २०७८ - बुधबार

सरकारले चालू आर्थिकवर्षदेखि बृद्धि गरेको कर्मचारीको तलवमान सार्वजनिक गरेको छ । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको चालू आर्थिक वर्षको बजेटमा घोषणा गरिए अनुसारको तलवबमान अर्थ मन्त्रालय रमन्त्रिपरिषद्ले स्वीकृत गरी सार्वजनिक गरेको हो । अर्थ मन्त्रालयका अनुसार सबै राष्ट्रसेवकको तलवमान मासिक २ हजार रुपैयाँ बृद्धि र नयाँ तलवमान कायम गरी एक दिन बराबरको ग्रेड रकम…

संघकाे दरबन्दी लुकाएर स्थानीय तह र प्रदेशमा पठाइएका अधिकृतलाई संघमै समायाेजन गर्न सर्वाेच्चकाे आदेश

एकता न्यूज | साउन २६, २०७८ - मङ्लबार

काठमाडौं । सर्वोच्च अदालतले प्रदेश र स्थानीय तहमा समायोजन गरेका ३४ जना शाखा अधिकृतलाई संघमा नै समायोजन गर्न आदेश दिएको छ । संघको दरबन्दी लुकाएर आफूहरुलाई बलजफ्ती ढंगले प्रदेश र स्थानीय तहमा पठाइएको भन्दै ३३ औँ ब्याचका ३४ शाखा अधिकृतले दायर गरेको रिटमा अन्तरिम आदेश दिँदै सर्वोच्चले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म उनीलाई संघमा समायोजन गर्न आदेश…

तीन जना सह–सचिव सचिवमा बढुवा, पाेखरेल सिफारिस भएकै दिन सचिव बने

एकता न्यूज | साउन ४, २०७८ - सोमवार

  काठमाडौँ । सरकारले तीन जना सह–सचिवलाई सचिवमा बढुवा गरेको छ । सोमबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले रामप्रसाद घिमिरे, किरण राज शर्मा र डा.रोशन पोखरेललाई सचिवमा बढुवा गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी नेतृत्वको बढुवा सभितिको असार ३१को बैठकले किरणराज शर्मालाई, साउन १ गते राम प्रसाद…

प्रधानमन्त्री कार्यालयका प्रवक्ता शर्मा सचिवमा बढुवा

एकता न्यूज | साउन ४, २०७८ - सोमवार

  काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव किरण राज शर्मालाई सचिवमा बढुवा गरेको छ । सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे। लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा असार ३१ गते सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले शर्माको नाम सिफारिस गरेको…

कर्मचारीको तलव बढ्यो, कर्मचारीका सन्ततीलाई छात्रबृत्ति र निजामती विद्यालय सञ्चालन हुने

एकता न्यूज | जेष्ठ १५, २०७८ - शनिबार

काठमाडौं । सरकारले निजामती कर्मचारीको मासिक तलबमा दुई हजार रुपैयाँ बृद्धि गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रसेवकको मनोबल बढाउने साउन १ गतेदेखि लागू हुने गरी दुई हजार बढाइएको जानकारी दिए । अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दे उनले कोरोना– १९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अवस्था नभएपनि…

योग्यता एसएलसी, पद अधिकृत छैटौँ, नियम : मेयरको इच्छा

एकता न्यूज | जेष्ठ ६, २०७८ - बिहिबार

ललितपुरको गोदावरी नगरपालिकाले एसएलसी सरहको शैक्षिक योग्यता भएका कर्मचारीलाई कानूनविपरीत अधिकृत छैटौँमा बढुवा गरेको फेला परेको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानविनको क्रममा नगरपालिकाका सबइन्जिनियर सुरेश कार्कीलाई नगरपालिकाले योग्यता भन्दा दुई तह माथि अधिकृत छैटौँमा बढुवा गरेको फेला परेको हो । नगरपालिकाले २०७६ फागुन २ गते पारित गरेको नगरपालिकाको कर्मचारी व्यवस्थापन (सेवा शर्त सम्बन्धी) ऐन,…

लोकसेवाको प्रश्न र कपी काट्ने पूर्वसचिवको टिप्स : यसरी पास गर्न सकिन्छ लोकसेवा

एकता न्यूज | बैशाख ३०, २०७८ - बिहिबार

काठमाडाैं । शान्तराज सुवेदी प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लामो समय अर्थ मन्त्रालय सम्हालेका पूर्व प्रशासक हुन् । अर्थसचिवबाट २०७४ कात्तिक २ गते अवकास पाए सुवेदीको विद्वतालाई लोक सेवा आयोगले आयोगको प्रश्नपत्र बनाउने र कपी जाँच्ने काममा सहभागी पनि गरायो । लोक सेवा तयारी गरिरहेकाहरुका लागि उनले दिएको टिप्स निकै उपयोगी हुनसक्छ । अहिले…

ई–सेवाले माग्यो २६५ कर्मचारी

एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार

काठमाडौँ । ईसेवाले २६५ कर्मचारीको माग गरेको छ । देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदमा काम गर्न कम्पनीले कर्मचारीले माग गरेको हो । यसअन्तर्गत काठमाडौँ , पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्न कर्मचारी माग गरिएको हो । कम्पनिले योग्य आवेदकलाई १० दिन…

प्रशासनका कर्मचारी आवस्यकता भन्दा ७० प्रतिशत धेरै छन् : मन्त्री त्रिपाठी

एकता न्यूज | चैत्र २४, २०७७ - मङ्लबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले नेपालको निजामती कर्मचारी प्रशासन दोषपूर्ण रहेको बताएका छन् । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहेका मन्त्री त्रिपाठीले प्रशाासन समूहका निजामती कर्मचारी आवश्यकता भन्दा ७० प्रतिशत बढी रहेको दाबी गरे । ‘म बडा स्पष्टताका साथ अनुभवका आधारमा भन्दैछु, हाम्रो निजामती कर्मचारी प्रणाली दोषपूर्ण छ । त्यसको बनावटै…

कर्मचारीमा उथलपुथल ल्याउने निजामती सेवा विधेयक आज पेश हुँदै, के के छन नयाँ प्रावधान ?

एकता न्यूज | चैत्र २३, २०७७ - सोमवार

काठमाडाैं । कर्मचारीमा उथलपुथल ल्याउने संघीय निजामती सेवा विधेयक आज संसदमा पेश हुने भएको छ । सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेस हुने भएको हो । उक्त प्रतिवेदन ९ महिनाअघि १५ असार २०७७ मा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा…

स्थानीय तहका कर्मचारीको सरुवा पुनः सुचारु, कार्यपालिकाको निर्णय अनिवार्य

एकता न्यूज | चैत्र २०, २०७७ - शुक्रबार

  काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवा पुनः सुचारु गर्ने भएको छ । केही दिनअघि मन्त्री स्तरीय निर्णयबाट बन्द गरेको सरुवा सामान्य प्रशासन मन्त्री स्तरीय निर्णय गरेरै फेरी सुरु गरिन लागेको हो । कर्मचारी सरुवा र बढुवालाई अनलाइन प्रणाली लैजाने भन्दै यसअघि सरुवा बन्द गरिएको भएपनि स्थानीय तहको संगठन तथा…

अन्तरवार्ता नै नदिएको व्यक्ति जागिर खानेको सूचीमा, अख्तियार पनि माैन

एकता न्यूज | चैत्र ११, २०७७ - बुधबार

जनकपुरधाम । परीक्षाको चरण मध्ये अन्तरवार्ता र प्रयोगात्मक परीक्षाका लागि योग्य नठानिएको र सहभागी नभएकाे व्यक्तिको नाम नाम जागिर खानेमा सिफारिस भएपछि  राष्ट्रिय जनगणनाको गणक छनौट कार्यमा विवाद उत्पन्न भएको छ ।  करार सेवामा गणकको लागि माग गरिएको आवेदनमा धनुषाको मिथिलाविहारी नगरपालिकाले अन्तरवार्ता र प्रयोगात्मक परीक्षाको लागि नै योग्य नठानेको व्यक्तिलाई जागिर खानेको सूचीमा सिफारिस गरेपछि विवाद…

युराेपकाे राेमानिया जाने हाे ? ११० कर्मचारीकाे माग

एकता न्यूज | चैत्र ५, २०७७ - बिहिबार

काठमाडौं । युरोपको रोमानियमा एक कम्पनीले भारी संख्यामा कामदारको माग गरेको छ । युरोपको रोमानिया स्थित जोड्न रिभर रिक्युटमेट एस=आर=एल नामक एक कम्पनीले १ सय जना पुरुष र १० जना महिला गरी १ सय १० जना कामदारको माग गरेको हो । कम्पनीका अनुसार कामदार सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्ने…

Top