प्रवास

अमेरिकामा एक नेपालीको हत्या

एकता न्यूज | माघ ८, २०७४ - सोमवार

वाशिङटन डिसी- अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । 4२०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क…

नेपालका सापकोटाको जापानमा मृत्यू

एकता न्यूज | माघ ४, २०७४ - बिहिबार

टाेकियाे – जापानको इसिखावामा कारको ठक्करबाट नेपाली यूवकको मृत्यु भएको छ । बाग्लुङ नगरपालिका ६ का किरण सापकोटाको कारको ठक्करबाट मृत्यु भएको जापानी संचारमाध्यमले जनाएका छन् । काम सकेर घर फर्कने क्रममा तिव्रगतिमा आएको कारकाे ठक्करबाट मृत्यू भएकाे हाे । दुई वर्ष अघि कुक भिषामा जापान आएका ३० वर्षिय सापकोटा  रेष्टुरेन्टमा कार्यरत थिए । ठक्करपछि नजिकैको अस्पताल…

जापानमा रनिङकप भलिबल प्रतियोगिता हुने

एकता न्यूज | माघ २, २०७४ - मङ्लबार

टोकियो – बाग्लुङबाट जापान आएर विभिन्न पेशामा संलग्न व्यक्तिहरुले सञ्चालन गरेको गल्कोट स्पोर्ट्स क्लब जापानले नेपाली नयाँ बर्ष २०७५ तथा क्लबको वार्षिकोत्सवको अवसर पारेर चौथो मैत्रीपूर्ण रनिङकप भलिबल प्रतियोगिता गर्ने भएको छ । क्लब स्थापना भएदेखि हरेक वर्ष आयोजना गर्दै आएको मैत्रीपूर्ण भलिबल प्रतियोगिता यो वर्षको १८ अप्रिलमा टोकियो कामताको ओता–कु स्पोर्ट्स सेन्टरमा हुने गल्कोट…

भारतीय जेलमा कति छन् नेपाली

एकता न्यूज | माघ २, २०७४ - मङ्लबार

नयाँदिल्ली – भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दूतावासले पहल सुरु गरेको छ। दूतावासले भारतीय जेलमा रहेका नेपालीको प्रारम्भिक तथ्यांक संकलन गर्ने कार्य सुरु गरेको कार्यवाहक राजदूत भरतकुमार रेग्मीले जानकारी दिए। दूतावासले एक महिनाअघि भारतका केही संस्थासँग मिलेर तथ्यांक संकलन थालेको थियो। ‘भारतमा विभिन्न आरोपमा जेलजीवन बिताउन बाध्य नेपालीको उद्धारका लागि…

नेपाली युवा बैज्ञानिक संलग्न टोलीले इबोला भाईरसको औषधी पत्ता लगाए

एकता न्यूज | माघ १, २०७४ - सोमवार

अमेरिका– अमेरिकास्थित जोर्जिया राज्यको विश्वाविद्यालय अन्तर्गतको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत नेपाली युवा बैज्ञानिक डा.सुदिप खड्का संलग्न टोलीले इबोलाको औषधी पत्ता लगाएको सोधपत्र प्रतिष्ठित  antiviral research जर्नल मा प्रकाशित भएको छ । यो आविष्कारले इबोलाको महामारी फैलिए त्यसको रोकथाममा महत्वपूर्ण योगदान गर्नेे विश्वास अनुसन्धानमा संलग्न एघारवटा बैज्ञानिकको टोलीले लिएको छ । संसारकै सबैभन्दा खतरनाक रोग मानिने इबोलाको…

सुष्मा स्वराजले थाहा दिईन ‘नेपाली महिला केन्यामा बेचिन्छन’

एकता न्यूज | पुस २१, २०७४ - शुक्रबार

काठमाडौँ – अफ्रिकी मुलुक केन्याबाट उद्धार गरिएका सात नेपाली महिला त्यहाँस्थित अवैतनिक दूतावासको सम्पर्कमा पुगेका छन् । भारतीय हाइकमिसनको आग्रहमा केन्याली प्रहरीले तीन भारतीय र सात नेपाली महिलालाई उद्धार गरेकामा उनीहरू अवैतनिक दूतावासको सम्पर्कमा पुगेका हुन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सात नेपाली महिलासहित तीन भारतीयलाई केन्यासम्म फैलिएको मानव तस्करको जालोबाट उद्धार गरिएको भनी ट्वीट गरेपछि यो…

इजरायलमा काम गर्ने चितवनबासीले दिए क्यान्सर पीडित गुरुङलाई सहयोग

एकता न्यूज | पुस १७, २०७४ - सोमवार

चितवन – भरतपुरका क्यान्सर रोगी आशबहादुर गुरुङको उपचारार्थ इजरालयबाट आर्थिक सहयोग उपलब्ध गराइएको छ । चितवन समाज इजरायलद्वारा संकलित रु एक लाख ४५ हजार चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा क्यान्सर रोगी गुरुङलाई उपलब्ध गराइएको हो । चितवन यूवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले आर्थिक अभावका कारण उपचारमा समस्या रहेको जानकारी पाएपछि चितवन…

२६ वर्षे नेपाली यूवा भारतका ‘परमाणु वैज्ञानिक’

एकता न्यूज | पुस १४, २०७४ - शुक्रबार

झापा – नेपालले परमाणु शक्ति (न्युक्लियर पावर) को आर्जन र प्रयोग बारेमा आफैले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका रुपमा भने काम गरेका छन् । ती परमाणु वैज्ञानिक हुन् मेचीनगर–१०, धुलाबारीका २६ वर्षीय रोहित जैन । भारतका पहिलो परमाणु वैज्ञानिक भावाको नाममा…

अमेरिका छिर्ने नेपालीका दुःख, सुन्दापनि अत्यास लाग्छन्

एकता न्यूज | मंसिर २०, २०७४ - बुधबार

अमेरिका –  नेपालदेखि स्थलमार्ग हुँदै गैरकानुनी ढंगले अमेरिका छिर्नेहरू दैनिक तीनदेखि चार जना न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास आइपुग्ने गरेका छन् । तीमध्ये खुट्टामा जीपीएस (व्यक्ति कहाँ पुगेको छ भनेर पत्ता लगाउने मेसिन) बाँधिएका एक जना छन् । स्थलगत मार्गबाट आउने केही छुटपुटबाहेक सबै दूतावासको सम्पर्कमा आउने गर्छन् । उनीहरू नेपाली दलालमार्फत नेपालबाट हिँडेर विभिन्न मुलुकका…

अबुधावीका युवराजले गरे नेपाली कामदारको प्रशंसा

एकता न्यूज | कार्तिक २९, २०७४ - बुधबार

काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावीका युवराज शेख मोहमद विन जायद अल नायनले त्यहाँ कार्यरत् नेपाली कामदारको प्रशंसा गरेका छन् । यूएई भ्रमणको क्रममा रहेकी राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गर्दै उनले नेपाली कामदारले यूएईमा उच्च सम्मान र प्रशंसा पाउने गरेको बताएका हुन् । ‘यहाँ नेपाली कामदारले इमान्दार र मेहनती व्यक्तिको रुपमा परिचय बनाएका…

१९ पेशामा साउदीले विदेशी कामदार नलिने, अब नेपालीले के गर्ने ?

एकता न्यूज | कार्तिक २८, २०७४ - मङ्लबार

साउदी – साउदी अरबले अर्को वर्षदेखि १९ पेशामा आप्रवासी कामदार नलिने भएको छ । यसले नेपालीहरु पनि प्रभावित हुनेछन् ।  साउदी सरकारले तोकेका विभिन्न १९ पेसामा कार्यरत आप्रवासी कामदारहरुको इकामा २०१८ बाट नविकरण र पेशा (जब क्याटगोरी) परिवर्तन नहुने साउदी गजेटमा प्रकाशित समाचारमा उल्लेख छ । अब एकाउण्टेन्ट, सेक्यूरेटी, म्यानेजर, सेल्सम्यान, सेल्स म्यानेजर, अफिस म्यानेजर, फ्रस्ट एकाउण्टेन्ट,…

पैसा कमाउन मलेसिया गएकी २९ वर्षे यूवतिको शव ल्याउन समस्या

एकता न्यूज | कार्तिक २२, २०७४ - बुधबार

क्वालालम्पुर – मलेशियामा एक जना नेपाली महिलाको मृत्यु भएको छ । काभ्रेपलान्चोक गोठपानी ८ कि अन्जु चौलागाइको मृत्यु भएको मलेशियामा कार्यरत तिलोचन गौतमले जानकारी दिएका छन् । चौलागाई बिगत २० महिना अगाडि मोण्टेज ओभरसिज प्रा०लि बाट मलेसियाको पेनाङ स्थिति प्रेसिको इलोक्ट्रोनिक एसडिएन बिएचडिमा श्रमिकको रूपमा आएकी थिइन । नेपालबाट तोकिएर आएको कम्पनीमा काम मन नपरेको…

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु, ३३ घाईते

एकता न्यूज | कार्तिक ७, २०७४ - मङ्लबार

एजेन्सी – मलेसियाको पेनाङमा नेपाली र इण्डोनेसियन कामदार बोकेको बससँग अर्को बस ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । ३३ जना घाईते भएका छन् । विहान साढे ५ बजेतिर नर्थसाउथ एक्सप्रेसवे क्षेत्रमा नेपाली र ईण्डोनेसियन कामदार बोकेको बस ईञ्जिनमा समस्या आएपछि मर्मतका लागि सडकको बायाँपट्टि रोकि राखिएको थियो । सोहि बेला ब्रेक फेल भइ अनियन्त्रित…

जापानका नेपाली आफूखुसी रकम उठाउने होडबाजीमा, हिसाव किताव छैन

एकता न्यूज | कार्तिक २, २०७४ - बिहिबार

टोकियो – जापानमा नेपालीहरुबाट आफूखुसी रकम संकलन गर्ने होडबाजी देखिएको छ । रोजगारीको शिलशिलामा पुगेका नेपालीहरुले विभीन्न बाहनामा रकम उठाउने होडबाजी चलेपनि हिसावकिताव भने सार्वजनिक नगरेको देखिएको हो । केही महिनाअघि तराईका बाढीपिडीतको लागि भनेर विभीन्न समूहले रकम संकलन गर्ने अभियान चलाएपनि अहिलेसम्म हिसाव सार्वजनिक गरेका छैनन् भने केहीले ढिलो गरी सार्वजनिक गर्न थालेका छन्…

पोर्तुगलमा हत्या गरीएका जिसिका बच्चा पढाउन सांगीतिक साँझको ७३ हजार

एकता न्यूज | कार्तिक १, २०७४ - बुधबार

पोर्तुगल – पोर्तुगलमा छुरा प्रहार गरी हत्या गरीएका पर्वतका हरि बहादुर जी सीका बालबच्चा पढाउन साँगितिक साँझबाट उठेको रकम खर्च गरीएको छ । जेबि ओलि सांगीतिक साँझमा संकलन गरीएको मध्ये ७३ हजार ७० रुपैयाँ जिसिको परीवारलाई प्रदान गरीएको हो । एनआरएन पोर्तुगल का अध्यक्ष कुबेर कार्की र पूर्व आईसिसि सदस्य सूर्य हमालले जिसिकी श्रीमती रुक्मणी…

Top