समाचार

जनआस्था लेख्छ ‘नेपालका मिडिया मालिकले नै बोक्छन ‘रअ’ का प्रमुख’

एकता न्यूज | मंसिर १२, २०७७ - शुक्रबार

खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रूपमा नेपाल ल्याउन पहल गर्ने पात्रको पहिचान भएको छ । यताको कुरो सुनाउन र भ्रमणको प्रपञ्च मिलाउन दिल्ली गई नेपाल आएर फेरि उतै सोझिएका ती पात्र काग तिहारको दिन मात्र भाइटीका भ्याउने गरी स्वदेश फर्किएका हुन् । हिमाञ्चल प्रदेशमा समेत आफ्नो कम्पनी सिम्रिक एअरका…

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु (मृतकको नामावलीसहित)

एकता न्यूज | मंसिर १२, २०७७ - शुक्रबार

गुल्मीको इश्मामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इश्मा गाउँपालिका ४ बाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप हुलको विद्यालय नजिकै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इश्मा ४ हुलका डम्बर बहादुर हितान, सुन्दरी थापा, शिव बहादुर दर्लामी, धन बहादुर अछामी, बसन्त दर्लामी रहेको…

पछि हट्यो सरकार, अब कोरोनाको उपचार निःशुल्क

एकता न्यूज | कार्तिक २४, २०७७ - सोमवार

सरकारले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क गर्ने भएको हो । निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउँदै सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको एक मन्त्रीले…

दिल्ली इतिहासमै पहिलोपटक आईपीएलको फाइनलमा

एकता न्यूज | कार्तिक २४, २०७७ - सोमवार

सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इतिहासमै पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । युएईमा भइरहेको १३औं संस्करणको लिग अन्तर्गत दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १८ रनले पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । फाइनल पुग्ने क्रममा दिल्लीले हैदरावाद विरुद्ध लिग चरणमा व्यहोरेको दुवै हारको बदलासमेत लिएको छ । दिल्लीले दिएको…

यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने

एकता न्यूज | कार्तिक २४, २०७७ - सोमवार

त्रिशूली । कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको हो । काठमाडौँस्थित…

अब सबै महानगर र उपमहानगरमा सहसचिवको नेतृत्व

एकता न्यूज | कार्तिक २१, २०७७ - शुक्रबार

काठमाडौँ – अब सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने भएका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विशिष्ट श्रेणी ९सचिव० रहने व्यवस्था थियो तर अब सहसचिव नै रहने छन् । असोज अन्तिममा बसेको मन्त्रिपरिषद्को निर्णयले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि सहसचिव नै रहने निर्णय गरेसँगै अब सबै महानगरपालिकाका र उपमहानगरपालिकाका प्रमुख…

एकैदिन ३ हजार ५१ संक्रमित, १८ जनाको मृत्यु

एकता न्यूज | कार्तिक २०, २०७७ - बिहिबार

काठमाडौं । मुलुकभर काेराेना भाइरसका थप ३ हजार ५१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५१ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको…

कर्मचारीको सरुवा कार्तिक २५ देखि मंसिर २७ सम्म रोक

एकता न्यूज | कार्तिक १९, २०७७ - बुधबार

कार्तिक २५ देखि मंसिर २७ सम्म कर्मचारीको सरुवा तथा काज सरुवामा रोक लगाइएको छ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले सरुवा र काज सरुवामा रोक लगाएको हो । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सूचना निकालेर मंसिर २७ गते गर्ने निर्वाचनको मिति तोक्दै निर्वाचन प्रयोजनका लागि कात्तिक २५ गतेदेखि निर्वाचन नसकिँदासम्म कर्मचारीको…

पुण्य गौतमको बाेलीमै सरकारलाई डर, रातारात पक्राउ

एकता न्यूज | कार्तिक १९, २०७७ - बुधबार

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधवार मध्यान्ह नेपाल आउँदैछन् । नेपाल–भारत सिमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण उनको भ्रमण लक्षित सुरक्षा सतर्कता कडा बनाइएको छ । नेपालको औपचारिक भ्रमणमा आउने नरवणेलाई ‘कालो झण्डा देखाउने’ अभिव्यक्ति दिएपछि प्रहरीले पुण्य गौतमलाई पक्रेको छ । भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले…

कक्षा १२ को लिखित परिक्षा ४० अंकको मात्र, ६० प्रतिशत नम्बर स्कूलले दिने

एकता न्यूज | कार्तिक १९, २०७७ - बुधबार

काठमाडाैं – यो वर्ष कक्षा १२ का विद्यार्थीले ४० प्रतिशत अंकका लागि मात्र लिखित परिक्षा दिनुपर्ने भएको छ । यही मंसिर ९ गतेबाट गर्न लागेको परिक्षामा ४० प्रतिशतका लागि मात्र लिखित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने गरी…

नेपाली सेनाको महारथी बन्न भारतीय सेनाध्यक्ष आज आउँदै

एकता न्यूज | कार्तिक १९, २०७७ - बुधबार

काठमाडौं– भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपालको तीनदिने भ्रमणका लागि आज बुधबार नेपाल आउँदैछन्। नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा यहाँ आउन लागेका हुन्। नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा नरवाणेको स्वागत गर्न त्रिभुवन…

नेपालको नयाँ क्षेत्रफल : अहिलेभन्दा ८२५ दशमलव ६७ वर्गकिलोमिटर धेरै

एकता न्यूज | कार्तिक १९, २०७७ - बुधबार

काठमाडौं । नापी विभागले नेपालको कुल क्षेत्रफल अब १ लाख ४८ हजार ६ दशमलव ६७ वर्गकिलोमिटर हुने प्रस्ताव गरेको छ । विभागले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि समेटेर तयार पारिएको क्षेत्रफलको प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएको छ । नापी विभाग स्रोतका अनुसार प्रोजेक्सन सिस्टमबाट मुलुकको क्षेत्रफल पुनर्मापन गर्दा ८ सय २५…

अफगानिस्तानमा विश्वविद्यालयमा आक्रमण हुँदा १९ र झडपमा १७५ जनाको मृत्यु

एकता न्यूज | कार्तिक १८, २०७७ - मङ्लबार

एजेन्सी । अफगानिस्तानमा भएका छुट्टाछुट्टै घटनामा १९५ जनाको मृत्यु भएको छ । काबुल विश्वविद्यालयमा भएको हमलामा परेर कम्तिमा १९ जना र कान्दहार प्रान्तमा भएको झडपमा परी १७५ जनाको मृत्यु भएको अधिकारीहरुले जाएका छन् । काबुल विश्वविद्यालयमा भएको हमलामा परेर कम्तिमा १९ जनाको मृत्यु भएको छ । अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ताका अनुसार विश्वविद्यालयमा भएको आक्रमणमा परेर १९…

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय

एकता न्यूज | कार्तिक १७, २०७७ - सोमवार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको पीसीआर गरिएको छ । पछिल्लो २४ घण्टामा थप ३१५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै…

२४ घण्टामा काठमाडौंमा १६३० जनामा कोरोना पुष्टि

एकता न्यूज | कार्तिक १७, २०७७ - सोमवार

काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा थप १६३० जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ७०२ महिला र ९२८ पुरुष गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा १३२९ , भक्तपुरमा १०८ र ललितपुरमा १९३ जनामा कोरोना देखिएको छ ।

Top