एकादशीमा सार्वजनिक बिदा

एकता न्यूज / कार्तिक २८, २०७८ - आइतवार


गुल्मीका २ स्थानीय तहहरुले हरिबोधनी एकादशीको दिन (आज) सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।

गुल्मीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल रेसुङगा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले २९ गते ९आज० सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।

सोमबार नगरपालिका मातहतका सम्पुर्ण कार्यालयहरु,शैक्षिक संस्था लगायतका कार्यालयहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।
यस्तै गुल्मीदरबार गाउँपालिकाको २८ गतेको कार्यपालिकाको बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

आज रेसुंगा पोखरीमा धार्मिक मेला लाग्ने र भैलो प्रतियोगिता समेत आयोजना गरिएको छ । पबित्र स्थल पोखरीमा गई स्थान गर्नाले अन्जानमा गरेका पापहरु नष्ट हुने र पुन्य प्राप्त हुने धार्मिक विश्वास रहदै आएको छ ।

Comment from facebook

Top