भाइरल गायक सचिनका बुवा तेजेन्द्र माओवादीमा, नेता जिसीले गरे स्वागत

एकता न्यूज / असोज १०, २०७८ - आइतवार



गुल्मी- भाइरल बाल गायक सचिन परियारका पिता तेजेन्द्र परियार नेकपा माओवादीमा प्रवेश गरेका छन । उनीसँगै गुल्मीका दलित अगुवा राजु परियार पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

आइतबार गुल्मी सदरमुकाम तम्घासमा भएको कार्यक्रममा तेजेन्द्र र राजुले नेकपा माओवादीमा प्रवेश गरेर राजनीतिक गतिबिधिमा सरिक हुने निर्णय लिएका हुन ।

उनीहरूलाई नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य बुद्धि जिसीले खादा लगाएर स्वागत गरे । नेपाल दलित मुक्ती मोर्चा गुल्मीको बैठक तथा प्रशिक्षण कार्यक्रममा उनीहरू माओवादी प्रवेश गरेका हुन ।

जिसीले उनीहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउँदै विगतदेखि अहिलेसम्म निरन्तर पछाडि पारिएका वर्ग र समुदायको हकहित र अधिकारका लागि माओवादी बाहेक अरु पार्टीले केही गर्न नसकेको बताए । उनले आगामी दिनमा पनि ती समुदायलाई राज्यको पहुँचमा पुर्‍याउनका लागि पहल गर्ने एकमात्र पार्टी माओवादी मात्रै भएको ठोकुवा गरे ।

 

 

Comment from facebook

Top