कर्मचारीको नयाँ तलवमान सार्वजनिक, कसको कति पुग्यो हेर्नुहोस्

एकता न्यूज / साउन २७, २०७८ - बुधबार


सरकारले चालू आर्थिकवर्षदेखि बृद्धि गरेको कर्मचारीको तलवमान सार्वजनिक गरेको छ । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको चालू आर्थिक वर्षको बजेटमा घोषणा गरिए अनुसारको तलवबमान अर्थ मन्त्रालय रमन्त्रिपरिषद्ले स्वीकृत गरी सार्वजनिक गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार सबै राष्ट्रसेवकको तलवमान मासिक २ हजार रुपैयाँ बृद्धि र नयाँ तलवमान कायम गरी एक दिन बराबरको ग्रेड रकम समेत थप गरिएको छ ।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीले १ साउन २०७८ देखि लागू हुने गरी बढेको तलब पाउनेछन् ।

त्यस्तै २०५७ साल साउन १ गते भन्दा अगाडि प्राविधिक पदमा नियुक्ति पाई प्राविधिक वा सो सरह तलव भत्ता खाईपाई आएका राष्ट्रसेवक कर्मचारीका लागि २०५७ सालको विशेष व्यवस्था अन्तर्गत प्राविधिक ग्रेड वापत २०७८ असार मसान्तसम्म खाईपाई आएको रकम नयाँ तलवमानमा थप गर्ने समेत अर्थ मन्त्रालयले जानकारी गराएको छ । कर्मचारीको तलव यसअघि २०७६ साउनमा बढेको थियो ।

 

 

Comment from facebook

Top