सरकारले संकटग्रस्त उद्योगको ब्याज मिनाहा गरिदिने 

एकता न्यूज / साउन २४, २०७८ - आइतवार


काठमाडौँ– सरकारले  संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने भएको छ । आइतबार संयुक्त सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्र्दै संकटग्रस्त उद्योगको ब्याज मिनाहा दिने र रूग्ण उद्योगलाई राम्रो प्रतिफल दिनसक्ने गरी सञ्चालनको वातावरण तयार गर्ने घोषणा गरिएको हो ।

साझा न्यूनतम कार्यक्रम अन्तर्गत ‘आर्थिक नीति तथा कार्यक्रम’को १३ नम्बर बुँदामा ‘वित्त तथा मौद्रिक नीतिमा सुधार गरी बैंक तथा वित्तीय क्षेत्रको विकास गर्ने, संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने तथा  रूग्ण उद्योगलाई राम्रो प्रतिफल दिनसक्ने गरी सञ्चालनको वातावरण तयार गर्ने र औद्योगिक सुरक्षाको व्यवस्था गर्ने उल्लेख छ ।

लोकप्रियताका लागि विगतका सरकारहरूले पनि किसानको ब्याज मिनाहा, ब्याज छुट जस्ता घोषणा गर्दै आएका हुन् । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज मिनाहा दिने घोषणा व्यावसायीको स्वार्थमा प्रेरित भएर आएको हुनसक्ने आकलन गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज मिनाहा दिने घोषणा व्यावसायीको स्वार्थमा प्रेरित भएर आएको हुनसक्ने भन्दै कतिपय अर्थशास्त्रीले भने आलोचना गरेको छन् । लोकप्रियताका लागि विगतका सरकारहरूले पनि किसानको ब्याज मिनाहा, ब्याज छुट जस्ता घोषणा गर्दै आएका छन् ।

Comment from facebook

Top