तीज गीतमा विकृति ल्याएको भन्दै दुर्गेश थापालाई प्रतिष्ठानले गर्ने भयो यस्तो कारबाही

एकता न्यूज / साउन १५, २०७८ - शुक्रबार


 

काठमाडौं  । भाइरल हुने बाहानामा फेरी दुर्गेश थापा परिबन्दमा परेका छन।थापाको गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’लाई लिएर सांगीतिक क्षेत्रमा आलोचना भइरहेको छ ।

सो गीतले तीजको मर्ममाथी प्रहार गरेको गुनासो धेरैको छ । स्रोता–दर्शकहरुले पनि यस्ता गीतले तीजको संस्कृतिमाथि प्रहार गरेको टिप्पणी गर्छन् । सामाजिक सञ्जालमा दुर्गेशको यो गीतमाथि प्रतिवन्ध लगाउनुपर्ने माग समेत गरिएको छ ।

कतिपयले भने यस्ता गीत सार्वजनिक हुँदा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले के हेरेर बसेको छ ? भनेर समेत प्रश्न गरेका छन् । प्रतिष्ठानले भने आफूहरुले त्यस्ता गीत नल्याउन आग्रह गर्ने, आग्रहलाई वेवास्ता गरे संस्थागत रुपमा बहिस्कार गर्ने बताउँदै आएको छ ।

गायक दुर्गेशले सो गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठानले साउन ७ गते दुर्गेशलाई ध्यानाकर्षण पत्र नै काटेको थियो । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र प्रतिष्ठानको विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालको संयुक्त हस्ताक्षरमा ध्यानाकर्षण पत्र काटिएको थियो । तर, दुर्गेशले प्रतिष्ठानको पत्रलाई वेवास्ता गर्दै गीत सार्वजनिक गरेका छन् ।

Comment from facebook

Top