पूर्कोटदह बजार सीसी टिभी क्यामेराको निगरानीमा

एकता न्यूज / साउन १२, २०७८ - मङ्लबार



गुल्मी – गुल्मीको मदाने गाउँपालिकाको केन्द्र रहेको पूर्कोटदह बजारलाई सिसीटिभी क्यामेराबाट निगरानी शुरु गरिएको छ । गाउँपालिकाको सहयोगमा ईलाका प्रहरी कार्यालय पूर्कोटदहले विभिन्न ५ स्थानमा ८ वटा क्यामेरा जडान गरि निगरानी शुरु गरको हो ।

गाउँपालिकाको केन्द्र रहेको पूर्कोटदह बजारलाई सुरक्षित राख्न, अमर्यादित र आपराधिक कृयाकलाप हुन नदिनका लागि सिसिटिभी क्यामेरा जडान गरिएको मदाने गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताउनुभयो ।

सिसिटिभी क्यामेरा तथा उपकरण जडानका लागि गाउँपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । अध्यक्ष केसीले अपराध नियन्त्रणका लागि प्रहरीसँग समन्वय गर्न पालिका जहिलेपनि तयार रहेकोले अन्य स्थानका लागि पनि क्यामेरा जडान गर्न सहयोग गर्ने बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय पूर्कोटदहका प्रमुख प्रहरी निरीक्षक गोपाल रायमाझीले उच्च गुणस्तरको सिसिटिभी क्यामेरा जडान गरिएकोले बजारका कुनै अभद्र कृयाकलाप गर्ने मानिस तथा सवारी साधनको नम्बर सजिलै रेकर्ड हुने भएकोले अपराध नियन्त्रणमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

क्यामेरा र रेकर्ड गर्ने उपकरण जडान गर्ने गाउँपालिकालाई धन्यवाद दिँदै उहाँले अब प्रहरी नपुगेको पूर्कोटदह बजारका कुनै स्थानमा कुनै संकास्पद कार्य भईरहेको भए क्यामेराबाट निगरानी गरेर तत्काल प्रहरी परिचालन गरी नियन्त्रण गर्न सकिने बताउनुभयो ।

अहिले ईलाका प्रहरी कार्यालय, ठूटे लाँकुरी, गोलपोखरी, प्रहरी बिट गौमुखी धारा र सल्लेपाटामा क्यामेरा जडान गरीएको र अझै ८ स्थानमा क्यामेर थप गरेमा बजार पूर्ण रुपमा सुरक्षित राख्न सकिने प्रहरीले जनाएको छ ।

Comment from facebook

Top