मदाने गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

एकता न्यूज / साउन १२, २०७८ - मङ्लबार



पूर्कोटदह – गुल्मीको मदाने गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । मदाने गाउँपालिकाको आयोजना र न्यू ईरा नेपालको सहजिकरणमा वडा नं. ७ भनभनेमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

हरेक सरकारी कार्यालयले प्रत्येक चौमासिकमा आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने र प्रवाह गर्ने सेवा तथा विकास निर्माणका विषयमा पारदर्शीता एवं जनताका गुनासो समाधानका लागिसार्वजनिक सुनुवाई गर्नुपर्ने कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई गरिएका हो ।
कार्यक्रममा जनताहरुले विकास निर्माणका कामको प्रभावकारी हुनुपर्ने, सडक निर्माण गर्दा नालीको व्यवस्था नगरेकोले धेरै नोक्सानी भएको, कृषि प्राथमिकता नपरेको, शिक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका विषयमा प्रश्न तथा गुनासो गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर पछाईँले गाउँपालिकाको गत आर्थिक वर्षको आय व्यय विवरण सार्वजनकि गरेसँगै शुरु भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर केसी, उपाध्यक्ष सरीता खड्का, वडाध्यक्ष काशी बहादुर बोहोरा, सूचना अधिकारी ऋषिराम पोखरेल लगायतले जनताको प्रश्नको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा उहाँहरुले पालिकामा विकास निर्माण र सेवा प्रवाहको विषयमा देखिएका समस्याहरु आगामी दिनमा समाधान गर्ने र आगामी दिनमा त्यस्ता समस्या उत्पन्न हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

Comment from facebook

Top