मदाने गाउँपालिकामा आफ्नै प्रयोगशाला

इन्द्र पोखरेल / साउन १२, २०७८ - मङ्लबार



पूर्कोटदह  – गुल्मीको मदाने गाउँपालिका स्वास्थ्य जाँचका लागि आफ्नै प्रयोगशाला सेवा शुरु भएको छ । मदाने गाउँपालिका वडा नंं ७ मा रहेको भनभने स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा शुरु भएको हो ।

प्रयोगशाला सञ्चालन भएपछि भनभने स्वास्थ्यचौकीबाटै ३८ प्रकारका विभिन्न जाँच हुने मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर पछाईँले बताउनुभयो ।

जस अन्तर्गत रगतको मात्रा तथा रगत बग्ने र रगत जम्ने समयको जाँच, प्रोटिनको जाँच, हेपाटाइटीस बी र सीको परीक्षण, भिरिङ्गगी तथा एचआईभी परिक्षण, मृगौला, कलेजो र मुटुको परिक्षण, बाथरोग, टाईफाईट, पिसाव, दिशा र बिर्यको परिक्षण, पिशाबबाट गर्भ परिक्षण र रक्त समूह छुट्याउने लगायत छन् ।

प्रयोगशालाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर केसीले मदानेका जनतालाई सामान्य स्वास्थ्य परिक्षणको लागि पनि तम्घास, सन्धिखर्क लगायतका ठाउँमा जानुपर्ने र ठूलो धनराशी खर्च हुने भएकोले सो समस्या समाधानका लागि ल्याव सञ्चालन गरिएको बताउनुभयो ।

Comment from facebook

Top