तीन जना सह–सचिव सचिवमा बढुवा, पाेखरेल सिफारिस भएकै दिन सचिव बने

एकता न्यूज / साउन ४, २०७८ - सोमवार


 

काठमाडौँ । सरकारले तीन जना सह–सचिवलाई सचिवमा बढुवा गरेको छ । सोमबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले रामप्रसाद घिमिरे, किरण राज शर्मा र डा.रोशन पोखरेललाई सचिवमा बढुवा गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी नेतृत्वको बढुवा सभितिको असार ३१को बैठकले किरणराज शर्मालाई, साउन १ गते राम प्रसाद घिमिरेलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।

बढुवा समितिले सहसचिवत्रय रामप्रसाद घिमिरे, हरी मैनाली र डिल्लीराज शर्माको नाम सिफारिस गरेकोमा पहिलो नम्बरका घिमिरे सचिवमा बढुवा भएका हुन् ।

त्यस्तै निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन९८० प्रतिशत०का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत) बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव शर्माको नाम मात्रै सिफारिस भएको हो ।

स्वास्थ्य सचिवका लागि भने सोमबार आज दिउँसो मात्रै नाम सिफारिस भएको थियो । सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा। रोशन पोखरेल, डा। दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

विगत दुई वर्षदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य प्राविधिकतर्फको (स्वास्थ्य सेवा) सचिव पद रिक्त थियो । तत्कालिन स्वास्थ्य सचिव डा.पुष्पा चौधरीलाई २०७५ मा प्रधानमन्त्री कार्यालयमा तानेदेखि स्वास्थ्यमा प्राविधिक सचिव रिक्त रहँदै आएको थियो ।

Comment from facebook

Top