प्रधानमन्त्री कार्यालयका प्रवक्ता शर्मा सचिवमा बढुवा

एकता न्यूज / साउन ४, २०७८ - सोमवार


 

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव किरण राज शर्मालाई सचिवमा बढुवा गरेको छ ।

सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा असार ३१ गते सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले शर्माको नाम सिफारिस गरेको थियो ।

शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ताको रूपमा कार्यरत छन् । सरल र भद्र स्वभावका शर्मा निजामती क्षेत्रमा इमानदार प्रशासकका रूपमा चिनिन्छन् ।

Comment from facebook

Top