यसरी भयाे मदाने गाउँपालिका गुल्मीमा उत्कृष्ट र प्रदेशको छैठौं

एकता न्यूज / असार २१, २०७८ - सोमवार


गुल्मी । स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि स्वमूल्यांकनमा गुल्मीका १२ स्थानीय तहमध्ये मदाने गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयबाट लिजा नामक सफ्टवेयरले गरेको स्वमूल्यांकनमा मदाने गाउँपालिका उत्कृष्ट भएको हो ।

मन्त्रालयको प्रत्यक्ष निगरानीमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वयलगायतका विषयमा मूल्यांकन गरिएको थियो ।

कूल १०० अंकको सो मूल्यांकनमा मदानेले ७६ दशमलव ५ अंक ल्याउँदै जिल्लामा उत्कृष्ट भएको हो । जिल्लामा मात्रै होइन मदाने गाउँपालिका लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये उत्कृष्ट ६ नम्बरमा परेको छ भने त्यस्तै देशभरीका स्थानीय तहमा पनि मदाने उत्कृष्ट २० औं नम्बरमा परेको छ । ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ३८५ स्थानीय तह यो मूल्यांकनमा सहभागी थिए ।

मदानेले शासकीय प्रबन्धमा ८, संगठन तथा प्रशासनमा ७ दशमलव ७५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ६ दशमलव ५, वित्तीय तथा आर्थिक व्यवस्थापनमा १०, सेवा प्रवाहमा ११ दशमलव ५, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा ७ दशमलव ७५, सामाजिक समावेशीकरणमा ६ दशमलव ७५, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ६ दशमलव २५ र सहकार्य र समन्वयमा ५ अंक पाएको छ ।

१० वटा क्षेत्रका एक सय वटा सूचकहरु मध्ये ७६ दशमलव ५ वटा सूचकमा अंक पाएको उनको मदाने गाउँपालिका लिजा फोकल पर्सन डिल्लिराज भट्टराईले बताए । ‘यो गाउँपालिकाले गरेको कामको मूल्यांकन हो’, उनले भने, ‘हामीले धेरैजसो कानून बनाएका थियौँ, विधि र प्रकृयामा रहेर काम ग¥यौँ, आन्तरिक आम्दानी बढाउने काम ग¥यौँ, वडावाट गरिने सेवा प्रवाह विकेन्द्रीत ग¥याैं र भौतीक सरचना निर्माण राम्रो गरेको कारण हामीले राम्रो अंक पायौँ ।’

गाउँपालिका अध्यक्ष दानबहादुर केसीले नवौं गाउँसभामा नीति तथा कार्यक्रम पेश गर्दै संस्थागत क्षमता अभिवृद्धि स्वमुल्याङनमा मदाने गाउँपालिका जिल्लाकै प्रथम हुन सफल भएको भन्दै जनप्रतिनिधि र कर्मचारीहरुको समन्वयमा काम गरिएकोले उत्कृष्ट हुन सफल भएको बताए । उनले जनप्रतिनिधि र कर्मचारीलाई बधाई तथा धन्यवाद पनिदिए । मदानेले गाउँपालिकाको ७ वटै वडा कार्यालयहरु पक्की र सुविधायुक्त भवनहरुको निर्माण कार्य सम्पन्न गरेको छ ।

Comment from facebook

Top