कर्मचारीलाई १० दिनको पारिश्रमिक सहित पर्यटन काज

एकता न्यूज / जेष्ठ १५, २०७८ - शनिबार


सरकारले कर्मचारीलाई पर्यटन काज दिने भएको छ ।

अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट प्रस्तुत गर्दै १० दिनको पारिश्रमिक सहित पर्यटन काज दिने व्यवस्था गरिएको बताए ।

नीजि क्षेत्रमा काम गर्ने कर्मचारीका लागि पनि सो व्यवस्थामा प्रोत्साहन गरिने उनले घोषणा गरे ।

त्यस्तै नेपाल भ्रमण गर्न चाहने विदेशी पर्यटकलाई एक महिना निःशुल्क गर्ने उनले बताए ।

Comment from facebook

Top