Deprecated: Required parameter $wrapper follows optional parameter $type in /home/ekatanews.com/public_html/wp-content/plugins/widgets-on-pages/freemius/includes/class-fs-logger.php on line 145
योग्यता एसएलसी, पद अधिकृत छैटौँ, नियम : मेयरको इच्छा | Ekata News

योग्यता एसएलसी, पद अधिकृत छैटौँ, नियम : मेयरको इच्छा

एकता न्यूज / जेष्ठ ६, २०७८ - बिहिबार


ललितपुरको गोदावरी नगरपालिकाले एसएलसी सरहको शैक्षिक योग्यता भएका कर्मचारीलाई कानूनविपरीत अधिकृत छैटौँमा बढुवा गरेको फेला परेको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानविनको क्रममा नगरपालिकाका सबइन्जिनियर सुरेश कार्कीलाई नगरपालिकाले योग्यता भन्दा दुई तह माथि अधिकृत छैटौँमा बढुवा गरेको फेला परेको हो ।

नगरपालिकाले २०७६ फागुन २ गते पारित गरेको नगरपालिकाको कर्मचारी व्यवस्थापन (सेवा शर्त सम्बन्धी) ऐन, २०७६’ बमोजिम नगरपालिकाले त्यहाँ कार्यरत १२ कर्मचारीहरूको बढुवा गर्ने निर्णय गरेको थियो ।

सोही बढुवाको क्रममा कार्कीको पनि बढुवा भएको हो । प्राविधक एसएलसी सरहको योग्यता रहेका कार्की शैक्षिक योग्यताभन्दा एक तह माथि बढुवा हुन सक्ने निजामती ऐनको व्यवस्थाअनुसार यसअघि नै पाचौँ तहको सबइन्जिनियरमा बढुवा भइसकेका थिए ।
तर नगरपालिकाले ऐन मिचेर उनलाई छैटौँ तहमा बढुवा गरेपछि राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी समेत परेको छ । सतर्कता केन्द्रले गरेको छानविनको क्रममा कानून विपरीत भएको उल्लेख गर्दै आवश्यक कारवाही गर्न विभागीय मन्त्रालय समान्य प्रशासनलाई निर्देशन दिएको छ ।

सतर्कता केन्द्रले कर्मचारीको बढुवा गर्ने कानुनी प्रक्रिया नै गलत भएको जनाएको छ । नेपालको संविधान २०७२ को धारा २२६९१० मा ‘गाउँ सभा र नगरसभाले अनुसूची ८ र अनुसूची ९ बमोजिमको सूचीमा उल्लिखित विषयमा आवश्यक कानुन बनाउन सक्नेछ’ भन्ने उल्लेख छ ।

सोही धाराको उपधारा २ मा ‘उपधारा ९१० बमोजिम कानुन बनाउने प्रक्रिया प्रदेश कानुन बमोजिम हुनेछ’ भन्ने उल्लेख छ । तर कुनै प्रदेश सभाले यससम्बन्धी कुनै कानुन नै नबनाएकाले नगरपालिकाले कानुनी प्रक्रिया नै पूरा नगरी ऐन ल्याएको केन्द्रको ठहर छ ।

 

Comment from facebook

Top