Deprecated: Required parameter $wrapper follows optional parameter $type in /home/ekatanews.com/public_html/wp-content/plugins/widgets-on-pages/freemius/includes/class-fs-logger.php on line 145
नेकपा फुटाईदिने न्यायधीश रेग्मीका दाजुलाई लोक सेवाको अध्यक्ष पद उपहार | Ekata News

नेकपा फुटाईदिने न्यायधीश रेग्मीका दाजुलाई लोक सेवाको अध्यक्ष पद उपहार

एकता न्यूज / बैशाख २६, २०७८ - आइतवार


काठमाडौं । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो । रेग्मी नेकपाको एकता भंगको फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् ।

लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित भएपनि नेकपा फुटाउने बेला न्यायधिश रेग्मीसँग भएको भद्र सहमति अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दाजु माधवलाई अध्यक्ष उपहार दिएका हुन् ।

रेग्मी प्रधानमन्त्री ओलीको गृहनगरकै व्यक्ति पनि भएकोले राजनीतिक हिसावले पछिसम्म काममा लाग्ने र आफ्नो अनुकुलता हुनेगरी नेकपा फुटाइदिने कुमार रेग्मीको गुन पनि तिर्ने गरी उक्त निर्णय गरेको बताइन्छ ।

प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।

को हुन् रेग्मी ? 

कांग्रेस निकट मानिने रेग्मी परिवार खोटाङबाट बसाइँ सरेर झापा आएको थियो । हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आए पनि उनको जन्म भने खोटाङको दुबेकोटमा भएको थियो ।

रेग्मी लोक सेवा आयोगको पूर्वसचिव हुन् । रेग्मीले शाखा अधिकृतको रुपमा पनि आयोगमा काम गरेका थिए । लोक सेवा आयोगमा आठ वर्ष काम गरेको अनुभव संगालेको भन्दै उनले सोही आयोगको अध्यक्ष बन्न इच्छा देखाउँदै लबिङ गरेका थिए ।

रेग्मी सरकारी सेवामा प्रवेश गरेको भने २०३७ सालमा हो । २०३७ साल वैशाख ९ गते अस्थायी डिठ्ठा भएर सरकारी सेवा सुरु गरेका उनी सोही वर्ष स्थायी खरदार बनेका थिए ।

सरकारी सेवाका सबैजसो पदमा क्रमशः सेवा गरेको अनुभव संगालेका उनी २०६८ साल साउन ११ गते सचिव बनेका थिए । सचिवको रुपमा पूरै पाँच वर्ष कार्यकाल पूरा गरेर उनी ५४ वर्षको उमेरमा लोक सेवा आयोगबाटै रिटायर्ड भएका थिए । त्यसैले कतिपयले प्रधानमन्त्री ओलीले उनलाई नियुक्ति दिएर नेकपा विभाजनको फैसलाको गुन तर्न खोजेको टिप्पणीसमेत गर्दछन् ।

Comment from facebook

Top