सरकारको अनुमतिबीना अक्सिजन बिक्री बन्द, अस्पतालहरुले सहज पाउने र कालोबजारी रोकिने

एकता न्यूज / बैशाख २६, २०७८ - आइतवार


काठमाडौँ– सरकारले अक्सिजनको बिक्रीबितरणलाई पूर्णरुपमा नियन्त्रणमा लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना सबै किसिमका अस्पतालहरुलाई अक्सिजन बिक्रीबितरण नगर्न अक्सिजन कम्पनीहरुलाई निर्देशन दिएको हो। अक्सिजनको मनपरी बिक्री र कालोबजारी हुँदा अस्पताल अक्सिजन अभावमा गुज्रनुपरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको अक्सिजनको बिक्रीबितरणलाई नियन्त्रणमा लिएको हो ।

निर्देशन कार्यान्वयन नगरी मनपरी बिक्री गर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याउने मन्त्रालयले चेतावनी पनि दिएको छ। मन्त्रालयको यो निर्णयसँगै अचानक अक्सिजन कम्पनीले अब अक्सिजन आपूर्ति गर्न नसक्ने जानकारी केही अस्पतालहरुलाई गराएका छन् ।

हालसम्म आवश्यकता परेका बेला जुनसुकै बेला पनि अस्पतालहरुले अक्सिजन कम्पनीसँग अक्सिजन खरीद गर्ने मौका पाइरहेका थिए। अब अक्सिजन कम्पनीले अस्पतालहरुलाई अक्सिजन बिक्रीबितरण गर्नुपूर्व स्वास्थ्य मन्त्रालयमा पुगेर सिफारिस लिनुपर्नेछ।

स्वास्थ्य मन्त्रालयले अक्सिजन कम्पनीलाई पत्र लेखेर नेपाल अक्सिजन ग्यास उत्पादक संघलाई बोधार्थ पठाएको पत्रमा पत्रमा कोभिड–१९ का बिरामी बढेसँगै अक्सिजनको माग बढ्दै गएकाले अक्सिजनको बिक्रीबितरणलाई थप व्यवस्थित गर्न आवश्यक भएकाले आफ्नो सिफारिस बिना अक्सिजन बिक्रीबितरण गर्न नगर्न अनुरोध गरिएको छ । अक्सिजन आफूखसी बिक्रीबितरण गर्ने डरमा सरकारले अक्सिजन कम्पनीमा प्रहरीसमेत परिचालन गर्ने तयारी गरेको बुझिएको छ।

अनावस्यक रुपमा मनपरी अक्सिजन  स्टोर गर्ने, भविष्यको लागि भन्दै घर घरमा अक्सिजन राख्ने र कतिपयले कालोबजारी समेत गर्ने गरेको अबस्थामा सरकारको यो निर्णय प्रभावकारी ढंगले कार्यान्वयन भएमा कोभिड १९ का बिरामीको उपचार गर्ने सबै अस्पतालमा अक्सिजन उपलब्ध हुने आंकलन गरिएको छ ।

तर त्यसका लागि सबै अबस्पतालहरुलाई चौबिसैघण्टा अक्सिजन किन्न सक्ने पत्र र उ अक्सिजन कम्पनीहरुलाई निर्देशन हुनुपर्ने देखिन्छ । कतिपयले भने सरकारको यो निर्देशनको आलोचना गरेका छन् । स्वास्थ्य मन्त्रालयले भने अस्पतालको अवस्थाबारे यकिन जानकारी नलिई अक्सिजन बिक्रीबितरण आफ्नो हातमा लिएको उनीहरुको आरोप छ ।

Comment from facebook

Top