एकता न्यूज / चैत्र २४, २०७७ - मङ्लबार
धनगढी । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।
सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए । ‘भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो’, प्रहरी निरीक्षक थापाले भने, ‘बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गर्नुपर्यो ।’
उक्त घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएको जनाइएको छ । गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेको जनाइएको छ । घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले बताएको छ ।
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण...
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ । ईसेवाले २६५ कर्मचारीको माग गरेको छ ।...
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ वर्षका लाग नयाँ...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडौं । शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि नेपालकै धेरै विद्यार्थी...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडाैं । चर्चित सञ्चारकर्मी ऋषि धमलाले सिंहदरबार भित्र मन्त्रीदेखि...
एकता न्यूज | चैत्र २८, २०७७ - शनिबार
काठमाडौं । आवस्यक प्राविधीक जनशक्ति नहुँदा करिब १ अर्ब...
एकता न्यूज | चैत्र २८, २०७७ - शनिबार
काठमाडाैं । कृषि विकास बैंकका उच्च अधिकारीले कार्यालय भित्रै...
एकता न्यूज | चैत्र २६, २०७७ - बिहिबार
काठमाडाैं । सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार...
एकता न्यूज | चैत्र २५, २०७७ - बुधबार
काठमाडाैं । नेपालमा पनि दोस्रो लहरको कोरोना भाइरसको संक्रमण...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top