एकता न्यूज / चैत्र २२, २०७७ - आइतवार
बारा — निर्माण व्यवसायी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा प्रतिस्पर्धाबिना ५० लाख रुपैयाँको ठेक्का दिइएको पाइएको छ । सुवर्ण गाउँपालिका–४ मा रहेको नेरामावि औरैया हर्दियाको विद्यालय भवन निर्माणको ठेक्का मिलेमतोमा दिइएको हो । गत फागुन २५ मा कलैया–४ को जनक कन्स्ट्रक्सनलाई मिलेमतोमा ठेक्का दिएर अनियमितता गरिएको बताइएको छ । भवन निर्माणका लागि ठेकेदारले निर्माण सामग्री निर्माणस्थलमा जुटाइरहेका छन् ।
मिलेमतोविरुद्ध बारा निर्माण व्यवसायी संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्दै छानबिनका लागि ध्यानाकर्षण गराइएको प्राप्त उजुरीमा उल्लेख छ । ठेक्काको कुल अंक (५० लाख) को पूरा दरमा ठेक्का साकार गरेका उक्त कन्स्ट्रक्सनका सञ्चालक रितेश जयसवालले प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक प्रलोभनमा पारेर आफ्नै वरिपरिका खासखास निर्माण सेवाबाट बोलपत्र फारम खरिद गरेका थिए ।
जनक कन्स्ट्रक्सन, भगवान् निर्माण सेवा र करैयामाई निर्माण सेवाका नाममा बोलपत्र फारम खरिद गरी दर्ता गराइएको थियो । बोलपत्र दर्तामा फर्जी सही गरी दर्ता गराइएको निर्माण व्यवसायी संघका अध्यक्ष सुरेन्द्र जयसवालले बताए । ‘जिल्लाका प्राय: पालिकामा भौतिक संरचना निर्माणका लागि मिलेमतोमा गुपचुप ठेक्का भइरहेको छ,’ उनले भने, ‘यो विद्यालयको ठेक्का पनि त्यस्तै गरी भएकाले अख्तियारबाट छानबिन हुनुपर्छ ।’
यही पालिकाको यसअघिको एक अर्को ठेक्कामा प्रतिस्पर्धा हुँदा ३५ प्रतिशत घटीमा निर्माण व्यवसायीले ठेक्का साकार गर्दा पालिकालाई झन्डै ५० करोड बचत भएको थियो । पालिका भवन निर्माणका लागि डेढ करोडमा भएको ‘ई–बिडिङ’ ठेक्कामा १३ जना निर्माण व्यवसायीले प्रतिस्पर्धा गर्दा ९९ लाखमा मात्र ठेक्का परेको पालिका अध्यक्ष महेन्द्र यादवले जानकारी दिए । तर विद्यालयको ठेक्कामा प्रतिस्पर्धा नै नगराई पूरा दरमा ठेक्का दिँदा पालिकालाई आर्थिक नोक्सानी भएको छ ।
‘प्रतिस्पर्धाबिना ठेक्का दिँदा पालिकालाई आर्थिक बचत हुनुपर्नेमा नोक्सान भएको छ,’ उनले भने, ‘यसबारे छानबिन गर्छु । मलाई छलेर ठेक्का दिइएको छ ।’ ठेक्का दिने जिम्मेवारी प्रशासनतर्फ पर्ने भएकाले आफूले यसबारे विस्तृत जानकारी पाउन नसकेको उनले बताए । ‘तीन महिनाअघि आफ्नै पालिकाको भवन निर्माणका लागि ‘ई–बिडिङ’ ठेक्का गर्दा प्रतिस्पर्धा भएपछि पालिकालाई ३५ प्रतिशतसम्म रकम बचत भएको उदाहरण छ,’ उनले भने, ‘तर यो ५० लाखको ठेक्का पूरा दरमा ठेक्का दिँदा नोक्सानी भएको छ ।’ ठेक्काबाट पालिकालाई बचत हुनुपर्ने रकममा चलखेल भएको उनको भनाइ छ ।
‘प्रशासकीय अधिकृतलाई किन प्रतिस्पर्धाबिना ठेक्का दिइएको हो, बुझ्न फाइल मगाएको छु । दिएका छैनन्,’ उनले भने । गत मंसिर २४ मा ठेकेदारसित मिलेमतो गरी गोप्य रूपमा विद्यालयको बोलपत्र आह्वान गरिएको थियो । प्रशासकीय अधिकृत श्रीवास्तवले भने ठेक्का मिलेमतोमा नभएको दाबी गरेका छन् । ‘तीन जनाको बीचमा प्रतिस्पर्धा भएपछि विधि पुर्याएर ठेक्का दिइएको छ,’ उनले भने, ‘सार्वजनिक सरोकारभन्दा विधि महत्त्वपूर्ण हो ।’
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण...
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ । ईसेवाले २६५ कर्मचारीको माग गरेको छ ।...
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ वर्षका लाग नयाँ...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडौं । शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि नेपालकै धेरै विद्यार्थी...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडाैं । चर्चित सञ्चारकर्मी ऋषि धमलाले सिंहदरबार भित्र मन्त्रीदेखि...
एकता न्यूज | चैत्र २८, २०७७ - शनिबार
काठमाडौं । आवस्यक प्राविधीक जनशक्ति नहुँदा करिब १ अर्ब...
एकता न्यूज | चैत्र २८, २०७७ - शनिबार
काठमाडाैं । कृषि विकास बैंकका उच्च अधिकारीले कार्यालय भित्रै...
एकता न्यूज | चैत्र २६, २०७७ - बिहिबार
काठमाडाैं । सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार...
एकता न्यूज | चैत्र २५, २०७७ - बुधबार
काठमाडाैं । नेपालमा पनि दोस्रो लहरको कोरोना भाइरसको संक्रमण...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top