एकता न्यूज / चैत्र १९, २०७७ - बिहिबार
काठमाडौं । नेकपा एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ ।
उनीहरुले दिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेका हुन् ।
एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् ।
फेरि उनीहरूमाथि दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ ।
अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् । नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
यसअघि ओलीले नेता माधवकुमार नेपाल र भिम रावललाई निलम्बन गरेका थिए ।
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण...
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ । ईसेवाले २६५ कर्मचारीको माग गरेको छ ।...
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ वर्षका लाग नयाँ...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडौं । शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि नेपालकै धेरै विद्यार्थी...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडाैं । चर्चित सञ्चारकर्मी ऋषि धमलाले सिंहदरबार भित्र मन्त्रीदेखि...
एकता न्यूज | चैत्र २८, २०७७ - शनिबार
काठमाडौं । आवस्यक प्राविधीक जनशक्ति नहुँदा करिब १ अर्ब...
एकता न्यूज | चैत्र २८, २०७७ - शनिबार
काठमाडाैं । कृषि विकास बैंकका उच्च अधिकारीले कार्यालय भित्रै...
एकता न्यूज | चैत्र २६, २०७७ - बिहिबार
काठमाडाैं । सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार...
एकता न्यूज | चैत्र २५, २०७७ - बुधबार
काठमाडाैं । नेपालमा पनि दोस्रो लहरको कोरोना भाइरसको संक्रमण...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top