प्रधानमन्त्री ओलीको अचम्मको भाषण : ‘कसैले म विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरको छैन’

एकता न्यूज / फाल्गुन ८, २०७७ - शनिबार


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध कसैले पनि अविस्वासको प्रस्ताव दर्ता नगरेको प्रष्ट पारेका छन् ।

आज विरटनगरमा भएको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्रतिनिधिसभा विघटन गर्दासम्म कसैले पनि अविस्वासको प्रस्ताव दर्ता नगरेको प्रष्टिकरण दिएका हुन् ।

यसअघि ओलीले प्रचण्ड–माधव समूहले आफूविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेको बताएका थिए भने कार्यकर्ताले ओलीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको कारण ओलीले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेको बताउँदै आएका छन् ।

उनले आफूले सुकुम्बासीलाई जग्गा बाँड्न थालेको बिरोधमा सभामुख अग्नि सापकोटाले अदालतमा मुद्धा दायर गरेकोले उनी सरकारका झगडीया भएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्द बहादुर पुनको बारेमा पनि टिप्पणी गरे ।

Comment from facebook

Top