राष्ट्रपति भण्डारीको बिरोधमा उपराष्ट्रपतिकै भाषण

एकता न्यूज / फाल्गुन ६, २०७७ - बिहिबार


प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनका क्रममा संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरिएको टिप्पणी उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका छन् ।

आज बुधवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेर प्रधानमन्त्री ओलीले मुलुकलाई दुर्घटनातिर धकेल्न खोजेको गम्भीर आरोप लगाए ।

‘देश यतिबेला राजनीतिक संकटको भूमरीमा छ । प्रतिनिधिसभा विघटन गरिएको छ र यसको विरुद्धमा प्रदर्शन भइरहेको छ,’ उपराष्ट्रपति पुनले भने, ‘पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, संविधानविद्, नागरिक, पत्रकार र सबै राजनीतिक दलले प्रतिनिधिसभा विघटन असंवैधानिक भनिरहेका छन् । यो राम्रो संकेत होइन ।’

राष्ट्रपति भण्डारीले संसद विघटन अनुमोदन गरेको बेला उपराष्ट्रपति पुनबाट यस्तो अभिव्यक्ति आउनुलाई शक्तिसंघर्षको रूपमा हेरिएको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षमा विभाजित भएका बेला राष्ट्रपति भण्डारी ओली पक्षीय र उपराष्ट्रपति पुन प्रचण्ड पक्षीय मानिन्छन् ।

यसअघि उपराष्ट्रपति पुनले संसद विघटनविरुद्ध खुलेर अभिव्यक्ति दिएका थिएनन् । उपराष्ट्रपति कार्यालयमा प्रचण्ड र डा। बाबुराम भट्टराईबीच गोप्य कुराकानी भएको समाचार बाहिर आएका थिए ।

Comment from facebook

Top