एकता न्यूज / फाल्गुन ३, २०७७ - सोमवार
काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ । सरकारविरुद्ध घोषणा गरिएको तेस्रो चरणको आन्दोलनअन्तर्गत कांग्रेस सोमबार ७७ वटै जिल्लामा प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शन गर्न लागेको हो ।
सरकारविरुद्ध हुन गइरहेको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसका शीर्ष नेतृत्वहरु पनि जिल्ला–जिल्ला जाने भएका छन् । सोमबारको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा रुपन्देही जाने कार्यक्रम रहेको बूढानीलकण्ठले जनाएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ जाँदै छन् भने महामन्त्री डा। शशांक कोइराला दाङमा हुन गइरहेको विरोध प्रदर्शनमा सहभागी हुँदैछन् । यस्तै सहमहामन्त्री डा। प्रकाशशरण महतले सिराह, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुरमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्ला झापा र अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंह कास्कीको विरोध सभामा सहभागी हुने भएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले काठमाडौंमा, एनपी साउदले दार्चुलामा, डा। मिनेन्द्र रिजाल प्युठानमा, डा। रामशरण महतले काभ्रेमा हुन गइरहेको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस्तै युवा नेता गगन थापा चितवन र अर्का युवा नेता प्रदीप पौडेल दैलेखमा हुन गइरहेको सरकारविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुने कार्यक्रम रहेको छ । कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले बैतडीमा, केन्द्रीय सदस्य कल्याण गुरुङ रोल्पा, केन्द्रीय सदस्य अर्जुन जोशीले भक्तपुरमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले बझाङमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनको मुद्धामा...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध कसैले पनि...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएकाको...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
काठमाडौँ — सरकारले पूर्वपदाधिकारीहरूको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडाैं – चीनले नेपालसँगको कनेक्टिभिटीलाई सदैव उच्च महत्व दिएको...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय आजदेखि राणाकालीन दरबारमा...
एकता न्यूज | माघ १२, २०७७ - सोमवार
गणतन्त्र ल्याउन जनयुद्ध लडेर आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top