गुल्मीका खरेल सहित ८ जना उपसचिव सहसचिवमा बढुवा

एकता न्यूज / पुस २७, २०७७ - सोमवार


न्याय, कानुन र सरकारी वकिल समूहका ८ जना उपसचिवहरू सहसचिवमा बढुवा सिफारिस गरिएका छन् ।

न्याय सेवा आयोगको बैठकले न्यायतर्फ एक, कानुन तर्फ दुई र सरकारी वकिलतर्फ पाँच गरी आठ जनालाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा हुनेमा गंगा बहादुर खरेल पनि रहेका छन् । उनी न्याय सेवा तर्फ कानून समूहका कर्मचारी हुन् ।

Comment from facebook

Top