एकता न्यूज / पुस १५, २०७७ - बुधबार
प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड– नेपाल समूह चुनावमा आउने भए पार्टीको अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन्।
बबरमहलस्थित कार्की ब्यांकेटमा सदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूको प्रादेशिक भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि प्रतिगामी कदम भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एक पक्षले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर सडक आन्दोलनमा उत्रेको छ।
ओलीले पनि आफू निकटका नेताहरु राखेर पार्टीको छुट्टै संरचना खडा गरेपछि पार्टी लगभग फुटको स्थीतिमा छ ।
नेकपा लगभग विभाजनको अबस्थामा पुगेपछि नेपालका लागि चिनियाँ टोली विभाजन हुन नदिन दौडधूप गरेको छ । नेकपामा विवाद भएपछि शुरुमा चिनियाँ राजदूत हाउ यान्छीले भेटवार्ता गरेपनि फूटको स्थीतिमा पुगेपछि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचो नेतृत्वले टोली नै नेपाल आएर भेटघाट तिब्र पारेको छ ।
प्रतिनिधिसभा विघटन अघि प्रधानमन्त्री ओलीले भारतीय सेनापति नरवणेदेखि ‘रअ’ प्रमुख गोयल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग समेत गोप्य वार्ता गरेका थिए त्यसपछि उनले निकटवर्तीलाई ‘सुरक्षा अंग, अदालत र भारतलाई म्यानेज गरिसकेको’ समेत बताएका थिए ।
त्यसलगत्तै आएकाे चिनयाँ टाेलीले नेकपा फूटको संघारमा पुग्नुको कारण ओलीको दम्भ भएको निश्कर्षसहित एकताका लागि दवाव दिएपछि ओलीले कमजोरी स्वीकार्ने स्थीतिमा पुगेको चर्चा राजनीतिक बृत्तमा हुन थालेको छ ।
‘त्यसको संकेत आजको ओलीको भाषण हो’, एकजना राजनीतिक विश्लेषक भन्छन्, ‘ओली आफ्नो कमजोरी स्वीकारे भने फुटिसकेको नेकपा मिल्न पनि सक्छ ।’
हिँजो मंगलबारमात्रै ओली निकटका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले पार्टीमा प्रधानमन्त्री ओलीविरुद्ध पेस गरेको आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान सहमत भए अझै पनि पार्टी एक हुन सक्ने बताएका थिए ।
बुधबारमात्रै ओली समूहका लागेका नेकपा महासचिव विष्णु पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वाध्यतावस कार्यकारी हैसियतबाट हटाइएको बताउँदै आरोपपत्र फिर्ता लिएर पार्टी एकता गर्न प्रचण्डलाई आह्वान गरेका छन् ।
‘आउनुस् फेरि यही पार्टीभित्र फर्केर एकता गरौँ, आरोपपत्र फिर्ता लिनुस् । सँगै मिलेर देश र पार्टी निर्माण गरौँ ’, बुधबार वीरगञ्जमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने ।
पौडेलले प्रचण्ड अझै पनि आफ्नै अध्यक्ष र माधव नेपाल बरिष्ठ नेतानै भएको जिकिर समेत गरे । उनले नेकपाका अधिकांश साथीहरु अहिलेपनि अन्योलमा रहेकाले स्पष्ट हुन आग्रह गरे । उनले प्रचण्डलाई पार्टी र सत्ता कब्जा गर्ने स्वार्थले आएको आरोप लगाउँदै माधव नेपालले अध्यक्ष बन्नकै लागि मरिहत्ते गरेको अरोप लगाए ।
प्रचण्ड र माधव नभएपछि अब सहजरुपमा पार्टी र सरकारले काम कारवाही गर्ने बताउँदै उनले भने– ‘अब कुनै पनि किसिमको अवरोध सृजना हुने छैन । रुन्चे प्रचण्ड र २ नम्बर अध्यक्ष बनेरै छाडेका माधवहरु समेत आफै छेउ लागेका छन् ।’ उनले प्रचण्ड र माधवको सत्ता र पार्टी कब्जा गर्ने योजना तुहिएको बताए ।
उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुन्छ भन्ने कुरामा ढुक्क हुन आग्रह गरे । लोकतन्त्रमा विश्वास गर्ने पार्टीले निर्वाचनमा भाग लिने दाबी गर्दै महासचिव पौडेलले प्रदेश २ मा अघिल्लो वर्षभन्दा झनै राम्रो मत ल्याउने र ३२ सिटमध्ये १७ देखि २० स्थानको सिट जितको सुनिश्चित गर्ने दाबी गरे । उनले भने– ‘बहुसंख्यक सिट जितका लागि निर्वाचनको तयारीमा लागौँ ।’
उनले अवसरवाद र स्वार्थसिद्ध गर्नेहरुको सामुन्नेमा आत्मसमर्पण या प्रतिवाद गर्ने बाहेकको विकल्प नभएर ताजा जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरेको स्पष्ट पारे । कार्यक्रममा सोही समूहका स्थायी समिति सदस्य समेत रहेका शहरी विकास मन्त्री प्रभु साहले प्रचण्डले जालझेल र षड्यन्त्रपूर्ण तरिकाले पार्टी निर्माणमा बाधा अवरोध खडा गर्दै आएको बताए । उनले कम्युनिष्ट आन्दोलन संकटतर्फ उन्मुख भएको भन्दै पार्टी विघटनको समीक्षाको आवश्यकता रहेको बताए ।
स्थायी समिति सदस्य रघुवीर महासेठले प्रचण्ड र माधवले गलत ढंगले अविश्वासको प्रस्ताव लगेकाले बाध्य भएर प्रतिनिधिसभा भंग गर्नुपरेको बताए । कानून न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले कुनैपनि हालतमा संसद पुनःस्थापना हुन नसक्ने बताए ।
प्रदेश इन्चार्ज तथा प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलको अध्यक्षतामा भएको भेलामा महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री जुलीकुमारी महतो लगायतले सम्बोधन गरेका थिए । भेलामा तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्यहरु रहेका रामचन्द्र मण्डल, ज्वालाकुमारी साह समेतको सहभागिता रहेको थियो ।
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण...
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ । ईसेवाले २६५ कर्मचारीको माग गरेको छ ।...
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ वर्षका लाग नयाँ...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडौं । शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि नेपालकै धेरै विद्यार्थी...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडाैं । चर्चित सञ्चारकर्मी ऋषि धमलाले सिंहदरबार भित्र मन्त्रीदेखि...
एकता न्यूज | चैत्र २८, २०७७ - शनिबार
काठमाडौं । आवस्यक प्राविधीक जनशक्ति नहुँदा करिब १ अर्ब...
एकता न्यूज | चैत्र २८, २०७७ - शनिबार
काठमाडाैं । कृषि विकास बैंकका उच्च अधिकारीले कार्यालय भित्रै...
एकता न्यूज | चैत्र २६, २०७७ - बिहिबार
काठमाडाैं । सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार...
एकता न्यूज | चैत्र २५, २०७७ - बुधबार
काठमाडाैं । नेपालमा पनि दोस्रो लहरको कोरोना भाइरसको संक्रमण...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top