एकता न्यूज / पुस १५, २०७७ - बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोाणा गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा तिब्र विवाद भइरहेको बेला सरकारको नेतृत्व परिवर्तनको खेल भइरहेको खुलासा भारतबाट भएको छ ।
प्रधानमन्त्रीले आफूले चालेको कदमको विषयमा छिमेकी मूलक भारतको समेत सहमति भएको आफू निकटलाई खुलासा गरिरहेको बेला नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले विवादास्पद छवि नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दावी गरेका हुन् ।
उनले यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाउने कुरा भैरहेको बताएको छ । भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा नेपालसम्बन्धी एक लामो लेख प्रकाशित गर्दै शरणले प्रधानमन्त्री ओलीले सो पहलको विरोध गर्नेसमेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो पछिल्लो संकट कसरी अगाडि बढ्छ हामीले प्रतिक्षा गर्नुपर्छ र हेर्नुपर्छ ।’
उनले नेकपामा पछिल्लो समयमा देखिएको विवाद मिलाउन चीन लागेको समेत दावी गरेका छन् । ‘निश्चय नै चाइनिज एक्टीभिस्ट–राजदूत रेफ्रीको भूमिकामा नेकपाका विभिन्न गुट एकीकृत बनाउन व्यस्त रहेकी छिन्’, उनले लेखेका छन्, ‘चीनले एकताको अन्तिम प्रयास गर्नका लागि चार सदस्यीय पार्टी टिमलाई नेपाल पठाएको छ ।’
चीनले प्रधानमन्त्री केपीमाथि संसद भंगको निर्णय उल्टाउन र नेतृत्व परिवर्तन स्वीकार गर्न दबाव दिइएको जानकरीमा आएको भन्दै उनले नेपालजस्तै एकदमै संवेदनशील मुलुकमा भारतको दीर्घकालीन चासो हुनु स्वभाविक भएको बताएका छन् । नेपालको स्थीर बहुदलीय प्रजातन्त्र र आर्थिक समृद्धिका लागि भारत एक महत्वपूर्ण साझेदार रहेको समेत उनले उल्लेख गरेका छन् ।
शरणले लेखमा पछिल्लो समयमा नेपालमा चीन र अमेरिकाको बढ्दो द्वन्द्वको बारेमा पनि उल्लेख गर्दै उनले काठमाडौंमा अमेरिका र चीनको विचमा भइरहेको पावर प्लेमा नयाँदिल्लीचाहिँ साइड सो हुने खतरासमेत देखिएको बताएका छन् ।
एकता न्यूज | पुस २७, २०७७ - सोमवार
न्याय, कानुन र सरकारी वकिल समूहका ८ जना उपसचिवहरू...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गरेका प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेर विवादमा परेको स्वास्थ्य मन्त्रालयमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काठमाडौँ । काम कुनैपनि किन नहोस्, सकारात्मक विचारले त्यसमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस ११, २०७७ - शनिबार
गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन...
एकता न्यूज | पुस १०, २०७७ - शुक्रबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना मन्त्री...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top