एकता न्यूज / पुस १२, २०७७ - आइतवार
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेर विवादमा परेको स्वास्थ्य मन्त्रालयमा सरुवा भएपछि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तर्सेका छन् ।
संघीय मामला तथा सामान्य प्रशासनमन्त्री रहेका त्रिपाठीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी उनले पहिलो दिन नै अपारदर्शी खरिद प्रकृयाबाट तर्सेको अभिव्यक्ति दिएका हुन् ।
आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम हुन नदिने पनि मन्त्री बताए । खरिद प्रक्रियामा आफूलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्ने समेत उनले बताए ।
उनले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरे ।
‘जनतालाई हामी निःशुल्क भ्याक्सिन उपलब्ध गराउने अठोटका साथ अगाडि बढ्छौं । पारदर्शी ढंगले । कुनैपनि प्रोकुरमेन्ट, कुनैपनि खरिदमा कम्तीमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन’, उनले भने, ‘ चोट जसलाई जति लागोस्, समस्या जसलाई जति परोस, प्रभावित जो जतिसुकै होस तर म पनि लेख्दिन ।’
कुनैपनि कामलाई पारदर्शी गर्ने आफ्नो मान्यता रहेकोले त्यसमा साथ दिन मन्त्रालयका कर्मचारीहरुलाई आग्रह समेत गरे ।
मन्त्री त्रिपाठीले मन्त्रालयको कार्य क्षेत्रभित्र कसैको हस्तक्षेप सहन नसक्ने समेत बताए । सबैले आ–आफ्नो कामको मात्रै चिन्ता गरेमा कुनैपनि समस्या उत्पन्न नहुने पनि मन्त्री त्रिपाठीले बताए । उनले छलफल र बैठक भन्दा पनि काम बढी गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
एकता न्यूज | पुस २७, २०७७ - सोमवार
न्याय, कानुन र सरकारी वकिल समूहका ८ जना उपसचिवहरू...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गरेका प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काठमाडौँ । काम कुनैपनि किन नहोस्, सकारात्मक विचारले त्यसमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस ११, २०७७ - शनिबार
गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन...
एकता न्यूज | पुस १०, २०७७ - शुक्रबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना मन्त्री...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top