एकता न्यूज / पुस १०, २०७७ - शुक्रबार
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको बिरोधमा ७ जना मन्त्रिले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा आज नयाँ मन्त्रि चयन गर्ने तयारी गरेका हुन् ।
नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अबको पहिलो काम मन्त्रिपरिषद् बिस्तार हुने बताएका थिए । सोही बमोजिम आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ ।
अब मन्त्रिपरिषद विस्तारको क्रममा टोपबहादुर रायमाझीले सबैभन्दा ठुलो भाग पाउने आंकलन गरिएको छ । रायमाझीलाई गृह मन्त्रालय दिने तयारी ओलीले पहिल्यै गरेका थिए । तर हालका गृहमन्त्री राम बहादुर थापाले पार्टीमा ओलीलाई साथ दिएपछि अब रायमाझीले गृह नपाउने संभावना रहेको बताइएको छ ।
रायमाझीले बुधबार केहि समर्थक र पत्रकारहरूलाई आफू शक्तिशाली मन्त्रालयमा जान लागेको बताउंदै कार्यक्रममा आउन आग्रह गरेका थिए ।
त्यस्तै पूर्वमाओवादीकै मणि थापाले पनि एउटा मन्त्रालय पाउने गरी बालुवाटारमा सहमति गरेका छन्। उनले पनि प्रचण्डको साथ् छाडेर ओली पक्षमा देखिएका छन् । त्यस्तै केपी ओलीका एकदम प्रियपात्र महेश बस्नेत पनि मन्त्री बन्ने चर्चा छ ।
एकता न्यूज | पुस २७, २०७७ - सोमवार
न्याय, कानुन र सरकारी वकिल समूहका ८ जना उपसचिवहरू...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गरेका प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेर विवादमा परेको स्वास्थ्य मन्त्रालयमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काठमाडौँ । काम कुनैपनि किन नहोस्, सकारात्मक विचारले त्यसमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस ११, २०७७ - शनिबार
गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top