पार्टीमा छुट्टै समूह बनाएपछि प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद बैठक

एकता न्यूज / पुस १०, २०७७ - शुक्रबार


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् ।

शुक्रबार बेलुका ६ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले चाँडै रिक्त पदमा मन्त्रीहरु नियुक्ति गर्ने तयारीसमेत गरेका छन् ।

बिहीबार बालुवाटारमा बसेको ओली समुहको केन्द्रीय समिति बैठकपछि परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीले अबको पहिलो काम मन्त्रिपरिषद् विस्तार गर्ने रहेको बताएका थिए ।

गत पुस ६ गते सात मन्त्रीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

Comment from facebook

Top