एकता न्यूज / पुस ९, २०७७ - बिहिबार
संसारभरी कोरोना संक्रमितको संख्या ७ करोड ९० लाख पार भएको छ । यस्तै ५ करोड ५६ लाखभन्दा बढी निको भइसकेका छन् । यस्तै हालसम्म १७ लाख ३६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यो आँकडा वर्ल्डोमिटर्सले जारी गरेको हो ।
अमेरिकामा खोप अभियान सुरु भइसकेको छ तर अस्पताल भर्ना हुनेहरुको आँकडा तीब्र रुपमा बढिरहेको छ । बुधबार मात्रै यहाँ १ लाख १९ हजार ४६३ संक्रमितलाई अस्पताल भर्ना गरिएको छ । बेलायतमा कोरोनाका नयाँ भेरियन्ट (प्रकार) का कारण हालसम्म ४० देशले यात्रा प्रतिबन्ध लगाइदिएको छ ।
अमेरिकामा बढ्यो समस्याः अमेरिकामा बुधबार अस्पतालमा भर्ना हुने संक्रमितको संख्यामा पुनः वृद्धि भएको छ । एक दिनमा १ लाख १९ हजारभन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् । सीएनएनले यो जानकारी कोभिड ट्र्याकिङ प्रोजेक्ट (सीटीपी) का अधिकारीलाई उद्धृत गर्दै दिएको छ ।
पछिल्लो २२ दिनदेखि अमेरिकामा अस्पतालमा भर्ना हुने बिरामीके संख्या एक लाखभन्दा बढी छ । यसअघि मंगलबार १ लाख १७ हजारलाई अस्पताल भर्ना गरिएको थियो । क्यालिफोर्नियाको स्थिती सबैभन्दा खराब छ । यहाँ अस्पतालमा मेकशिफ्ट वार्ड बनाइँदैछ । यसमा बिरामीलाई राखिँदैछ ।
जनवरीसम्म ४ लाखभन्दा बढीको मृत्युको आशंकाः सीएनएनको एक रिपोर्ट अनुसार अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ जनवरीसम्म ४ लाख १९ हजारभन्दा बढी भएको छ । सीएनएले यो जानकारी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनलाई उद्धृत गर्दै दिएको छ । यसमा मृत्युको गती यस्तै रहे १६ जनवरी २०२१ सम्म मृतकको संख्या ३ लाख ७८ हजारदेखि ४ लाख १९ हजारसम्म पुग्नेछ । अहिलेसम्म ३.३४ लाखको मृत्यु भइसकेको छ ।
इटलीमा बजार शून्यः क्रिसमसमा युरोपेली देशमा अत्यधिक भीड हुने गर्दथ्यो विशेषग। इटलीमा यसपटक सबै फिक्का र बेरंगी छ । यहाँको बजारमा चहलपहल शून्य प्राय छ । यहाँ न त पसल खोलिएका छन् न मानिसहरुको आवतजावत नै छ । बेलायतमा कोभिड–१९ को नयाँ भेरियन्ट भेटिएपछि मानिसहरु निकै डराएका छन् ।
सरकारले पनि स्पष्ट भनिसकेको छ कि अबका दिनमा प्रतिबन्धमा कुनै राहत दिइने छैन । भेटिकन सिटीमा पनि सन्नाटा छाएको छ ।
बेलायतमा मुश्किल बढ्योः बेलायतमा कोभिड–१९ को नयाँ प्रजाती फेला परेपछि समस्या बढेको छ । हालसम्म ४० देशले बेलायत जान यात्रा प्रतिबन्धको घोषणा गरिसकेका छन् । ।
एकता न्यूज | पुस २७, २०७७ - सोमवार
न्याय, कानुन र सरकारी वकिल समूहका ८ जना उपसचिवहरू...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गरेका प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेर विवादमा परेको स्वास्थ्य मन्त्रालयमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काठमाडौँ । काम कुनैपनि किन नहोस्, सकारात्मक विचारले त्यसमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस ११, २०७७ - शनिबार
गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top