एकता न्यूज / पुस ५, २०७७ - आइतवार
काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो प्रचारका लागि निर्माण गरेको म्युजिक भिडियो ‘नमस्कार’ विवादमा परेको छ । गायक खेम सेन्चुरीले रचनाकार नेत्र अर्यालबाट लिएका गीतको रचनकारमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको नाम राखेपछि म्युजिक भिडियो विवादमा परेको हो ।
महानगरपालिकाले आफ्नो प्रचारका लागि हिँजो (बिहीबार) मात्रै नमस्कार नामको गीत साई भिजन प्रालिबाट सार्वजनिक गरेको छ । जसमा गायक खेम सेन्चुरी र मञ्जु पौडेल छन् भने गीतको रचनाकार राजेश्वर ज्ञवालीको नाम राखिएको छ ।
तर कलाकार नेत्र अर्यालले उक्त गीत आफूले रचन गरेको भएपनि अहिले अर्कैको नाममा आउँदा आफ्नो बौद्धिक सम्पत्तिको चोरी भएको आरोप लगाएका छन् ।
प्राप्त जानकारी अनुसार अनुसार उक्त म्युजिक भिडियो साई भिजन प्रालिले उत्पादन गरेको हो । जसका सञ्चालक कलाकार प्रकाश भट्टको आग्रहमा गायक खेम सेञ्चुरीले अर्याललाई शब्द रचना गरिदिन आग्रह गरेका थिए । सोही अनुसार आफूले मंसिर १४ मा शब्द रचना गरेर दिएको भएपनि अहिले म्युजिक भिडियो सार्वजनिक हुँदा राजेश्वर ज्ञवालीको नाम छ । ‘मसँग खेम जीले काठमाडौं महानगरको जनचेतनामूलक गीत मागेपछि मंसिर १४ गते लेखेर दिएको थिएँ’, उनले भने, ‘अहिले म्युजिक भिडियो सार्वजनक भयो भनेर हेर्दा त रचनाकारमा अर्कैको नाम छ, अचम्म लाग्यो, म अन्यायमा परेँ ।’
उनले यस विषयमा आफूसँग गीत माग्ने गायक खेम सेञ्चुरी र साइभिजनका सञ्चालक गायक प्रकाश भट्टलाई जानकारी गराएको भएपनि अहिलेसम्म नाम सच्याइएको छैन । खेम जीले प्रकाश दाजुलाई सोध्नु भन्नुभयो, प्रकाश दाजुले चाहीँ म्युजिक भिडियोको विषयमा महानगरपालिका सँग समन्वय गर्ने विनोद केसी रहेकोले उनैलाई सोध्नुपर्छ भन्नुभयो,’ अर्यालले भने, ‘विनोद जीले कुनै रेस्पोन्स गर्नुहुन्न, अबस्था यस्तो छ।’
गायक सेन्चुरीले भने उक्त विषयमा खुलेर कुरा गर्न चाहेनन् । गायीका मधु क्षेत्रीसँग रोयल्टी विवादमा मुछिएर क्षतिपूर्ति तिरेका सेन्चुरी आफ्नै साथीसँग गीत मागेर चाकडीका लागि सरकारी सहसचिवको नाममा बिक्री गरेको कलाकारहरु बताउँछन् । उनले गीतको परिकल्पना ज्ञवालीले गरेको र गीत रचना अर्यालले गरेको बताउँछन । तर उनको यो भनाई ठाउँ अनुसार फेरीन्छ । उनले म्युजिक भिडियो सार्वजनिक हुनु अघि सबै तयारी गरेपनि आफूलाई जानकारी नदिएको अर्यालको भनाई छ । उक्त गीत सेन्चुरीको आफ्नै फेसबुकबाट स्पोन्सर गरिएको समेत छ । यसरी आफू सँलग्न भएको विषयमा अर्याललाई समयमै जानकारी नदिनु सेन्चुरीको नियत भएको कलाकारहरुको भनाई छ ।
तर यसका उनीमात्र भने सँलग्न छैनन । साइ भिजनका सञ्चालक प्रकाश भट्ट र कलाकार विनोद केसीको समेत सँलग्नता छ । केसीले काठमाडौं महानगरसँग गीतको लागि समन्वय गरेको भट्टको भनाई छ । उनीहरुको भनाई अनुसार सेन्चुरी, भट्ट र केसी मिलेर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीसँग अन्य काम समेत हातपार्नका लागि चाकडीस्वरुप गीतको रचनाकारमा उनको नाम राखिएको एकथरी कलाकारहरुको तर्क छ ।
साई भिजनका सञ्चालक भट्टका उनका अनुसार गीतको रचनाकार राजेश्वर ज्ञवाली नै हुन् । यसको लाइन सबै ज्ञवालीको हो । गीति लयमा लैजाने काम भने अर्यालले गरेका हुन् । ‘ज्ञवाली सर गीतकार त होइन, गीति लयमा राख्ने कुरा भएन । त्यसको लागि नेत्रले सहयोग गरेको हो । थोरै तलमाथी मात्र गरेको हो’ उनले भने, ‘ उनले भने, ‘शब्द संयोजक भनेर नेत्रको नाम राख्न खोजेको हो । तर उहाँले नमानेपछि उहाँको नाम हटाएका हौँ ।’
तर अर्याल भने कसैले कुनै विषयवस्तु उपलब्ध गराउँदैमा, अबधारणा बनाउँदैमा गीतको रचनाकार हुन नसक्ने तर्क गर्छन । प्राप्त जानकारी अनुसार गीतको विषयमा महानगरसँग समन्वय गर्ने काम कलाकार विनोद केसीले गरेका हुन् । केसी र भट्टको मिलेमतोमा महानगरप्रमुखलाई खुसी पारेर अन्य कामहरु समेत हात पार्नका लागि यसो गरिएको हुनसक्ने उनीहरु निकटका कलाकार बताउँछन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने गीत आफूले रचना गरेको दावी गरे ।
एकता न्यूज | पुस २७, २०७७ - सोमवार
न्याय, कानुन र सरकारी वकिल समूहका ८ जना उपसचिवहरू...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गरेका प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेर विवादमा परेको स्वास्थ्य मन्त्रालयमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काठमाडौँ । काम कुनैपनि किन नहोस्, सकारात्मक विचारले त्यसमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस ११, २०७७ - शनिबार
गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top