एकता न्यूज / मंसिर २१, २०७७ - आइतवार
कोरोनाभाइरस महामारीको प्रभावलाई मध्यनजर गर्दै संसदबाट ‘करोडपती माथि ट्याक्स’ नाम दिइएको विशेष सम्पत्ति करको प्रस्ताव पारित भयो । शुक्रबार ४२ सांसदहरुले कानूनको पक्षमा र २६ जनाले विरोधमा
नयाँ सम्पत्ति कानून पास भएपछि देशका पुँजीपतीहरुमाथि एक विशेष कर लगाइनेछ र यसबाट संकलित राशीको प्रयोग औषधी र आवश्यक वस्तु खरिद गर्न र राहत कार्यमा गरिनेछ ।्
यो नयाँ कानून अनुसार यो कर एकपटक मात्रै लगाइनेछ ।
महामारीबाट देश थिलोथिलो भएको बेला गरिबहरुलाई राहत दिनका लागि ल्याएको यो ऐन नेपालले लगाएको भने होइन । यहाँ त सत्तारुढ दलका नेताहरु पदको लागि पार्टी फुटाउने सम्मको संघर्षमा छन् ।
यो कानून ल्याउने ल्याटिन अमेरिकी देश अर्जेन्टिना हो । यो ती व्यक्तिमाथि लागू हुनेछ जोसँग २५ लाख डलरभन्दा बढी सम्पत्ति छ । देशमा करिब १२ हजार यस्ता करोडपति छन् जसले यो कर सरकारलाई बुझाउनु पर्नेछ ।
अर्जेन्टिनामा हालसम्म १५ लाख कोरोना संक्रमित भेटिइसकेका छन् जबकी ४० हजार बढीको मृत्यु भइसकेको छ ।
अक्टोबर महिनामा यहाँ कोरोना संक्रमितको संख्या १० लाख भएको थियो । ४।५ करोड जनसंख्या भएको यो देश कोरोनाले नराम्रोसँग थलिएको देशको सूचीमा संसारको पाँचौं र सबैभन्दा सानो देश बनेको थियो ।
पहिलेदेखि नै बेरोजगारी, गरिबी र सरकारी ऋणको समस्यासँग जुधिरहेको यो देशको अर्थव्यवस्थाका लागि कोरोनाका कारण लगाइएको लकडाउने थप समस्या उत्पन्न गर्यो । सन् २०१८ देखि नै अर्जेन्टिना आर्थिक मन्दीको मार झेलिरहेको छ ।
कानूनको समर्थन गरिरहेका एक मन्त्रीका अनुसार यो नयाँ कर कानूनको असर देशका ०।८ प्रतिशत करदातामा पर्नेछ । जो मानिसहरु यो दायरामा आएका छन् उनीहरुले देशभित्रको सम्पत्तिमा ३।५ प्रतिशत र देश बाहिरको सम्पत्तिमा ५।२५ प्रतिशत कर तिर्नुपर्नेछ ।
समाचार एजेन्सी एएफपीका अनुसार यसरी संकलन गरिएको धन राशिको २० प्रतिशत हिस्सा स्वास्थ्य सामग्री खरिद गर्नमा लगाइनेछ ।
बाँकी राशीमध्ये २० प्रतिशत साना तथा मझौला व्यवसायमा राहत दिनका लागि, २० प्रतिशत छात्रालाई छात्रवृत्ति दिनका लागि, १५ प्रतिशत सामाजिक विकासका लागि र अन्य २५ प्रतिशतको प्रयोग प्राकृतिक ग्याससँग जोडिएको उद्योगमा गरिनेछ ।
मध्यमार्गी–बामपंथी राष्ट्रपति अल्बेर्टो फर्नान्डेजको सरकारले यो नयाँ करको मद्दतले उनीरु ३०० अर्ब पेसोसम्म संकलन गर्ने अनुमान गरेका छन् ।
यद्यपि, विपक्षी गुटका अनुसार एकातिर यसले विदेशी लगानीकर्ता निराश हुनेछन् । – बीबीसी
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण...
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ । ईसेवाले २६५ कर्मचारीको माग गरेको छ ।...
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ वर्षका लाग नयाँ...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडौं । शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि नेपालकै धेरै विद्यार्थी...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडाैं । चर्चित सञ्चारकर्मी ऋषि धमलाले सिंहदरबार भित्र मन्त्रीदेखि...
एकता न्यूज | चैत्र २८, २०७७ - शनिबार
काठमाडौं । आवस्यक प्राविधीक जनशक्ति नहुँदा करिब १ अर्ब...
एकता न्यूज | चैत्र २८, २०७७ - शनिबार
काठमाडाैं । कृषि विकास बैंकका उच्च अधिकारीले कार्यालय भित्रै...
एकता न्यूज | चैत्र २६, २०७७ - बिहिबार
काठमाडाैं । सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार...
एकता न्यूज | चैत्र २५, २०७७ - बुधबार
काठमाडाैं । नेपालमा पनि दोस्रो लहरको कोरोना भाइरसको संक्रमण...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top