माओवादीले विप्लवसँग एकता गर्ने, केही नेता डराएर हिँडे

एकता न्यूज / मंसिर २१, २०७७ - आइतवार


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको बेला पुनर्गठित नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ ।

पूर्वमन्त्री गोपाल किरातीको नेतृत्वमा रहेका माओवादी केन्द्रका हालै बसेको केन्द्रीय कमिटीको बैठकले विप्लवसँग एकता गर्ने निर्णय गरेको हो ।

‘हाम्रो केन्द्रीय कमिटीको बैठकले उहाँहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको छ’ किरातीले भने, ‘अबको केही महिनाभित्र एकता प्रक्रिया टुंगिएला ।’

पार्टी एकताका लागि आफूहरुले पठाएको पत्रको जवाफ पनि प्राप्त भइसकेको किरातीले बताए । विप्लवसँग एकता गर्ने पार्टीले निर्णय गरेपछि आफ्नो पार्टीका केही नेताहरु डराएर हिँडेको र अलग्गै समूह बनाएको किरातीले सुनाए ।

Comment from facebook

Top