कर्मचारीले सँधै लेख्ने यी ३० शब्द : मन्त्रालयले सिकायो शुद्ध लेख्ने तरिका

एकता न्यूज / मंसिर १३, २०७७ - शनिबार


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भाषिक शुद्धता कायम गर्न कर्मचारीहरुलाई निर्देशन दिएको छ ।

महत्वपूर्ण निर्णय तथा परिपत्र मन्त्रालयको वेव साइटमा राख्न पत्राचार गर्दा भाषिक शुद्धतामा विशेष ध्यान दिन सामान्यको सूचना तथा प्रविधि शाखाले आदेश दिएको हो ।

उप सचिव सुशीला अर्यालद्धारा जारी गरिएको परिपत्रमा मन्त्रालयको पत्राचार वा अन्य मन्त्रालय वा निकायका लागि सिकाइको बिषय समेत हुने भएका कारण सबै शाखाहरुलाई भाषिक शुद्धता कायम गर्न भनिएको छ ।

निर्देशनमा भाषिक शुद्धताको जाँच गर्दा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोषको प्रयोग गर्न भन्दै बारम्बार दोहोरिईरहने ३० वटा शब्दहरु शुद्ध लेख्ने तरिका समेत सिकाएको छ ।

Comment from facebook

Top