एकता न्यूज / मंसिर १२, २०७७ - शुक्रबार
खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रूपमा नेपाल ल्याउन पहल गर्ने पात्रको पहिचान भएको छ । यताको कुरो सुनाउन र भ्रमणको प्रपञ्च मिलाउन दिल्ली गई नेपाल आएर फेरि उतै सोझिएका ती पात्र काग तिहारको दिन मात्र भाइटीका भ्याउने गरी स्वदेश फर्किएका हुन् ।
हिमाञ्चल प्रदेशमा समेत आफ्नो कम्पनी सिम्रिक एअरका दुई वटा हेलिकप्टरबाट सेवा शुरु गर्ने उनको तयारी छ । दलहरुभित्र अन्तद्र्वन्द्व चर्कंदा बेलाबखत सक्रिय हुने ती ब्यापारिक पात्र केहि बर्षदेखि मिडिया उद्योगमा समेत आवध्द छन् ।
नाम हो, क्याप्टेन रामेश्वर थापा अर्थात यदाकदा प्रधानमन्त्री केपी ओलीको अन्तर्वार्ता प्रशारण गरिरहने एपीवान टिभीका मालिक (अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष) । गोयल काठमाडौं आउँदा थापा स्वागतको निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलतिरै थिए । कात्तिक ५ गते दिउँसो १ बजे काठमाडौं ओर्लेका सामन्तलाई आफ्नै गाडीमा राखेर उनले बौद्धस्थित हायात होटल पु¥याएका थिए । होटल पुगेर त्यो दिनको लञ्च गोयलसँगै थापाले पनि त्यहि होटलमा खाएका हुन् ।
दिनभरि त्यहिँ आराम गरेर सामन्तले अनौपचारिक भेटघाट थालेको बताइन्छ । हायातमै साँझको डिनर खाएर राती नौ बजेको हाराहारीमा थापाले नै टिमलाई बालुवाटार छिराएका थिए । उच्चस्तरीय उक्त भेटमा गोयलसँगै आएका ‘र’ का पूर्व काठमाडौं प्रमुख अरुण जैन र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई पनि थिए । मध्यराति बालुवाटारबाट निस्केका गोयललाई उनैले पुनः हायात होटलमा छाडेको बुझिएको जनआस्थाले लेखेको छ ।
स्रोतका अनुसार ‘र’ का बर्तमान काठमाडौं स्टेशन प्रमुख अभिजित हल्दरले गोयललाई भोलिपल्टको ब्रेकफाष्ट मिटिङ्गमा थापासङ्गै भेटेका थिए । ब्रेकफाष्टपछि थापाले नै गोयललाई आफ्नो गाडीमा राखेर विमानस्थल पु¥याएको सुरक्षा श्रोतको दावी छ ।
यसअघि थापा काठमाडौंबाट आन्तरिक हवाई उडानमार्फत् भद्रपुर हुँदै स्थलमार्गबाट बागडोगरा पुगी हवाई उडानमा नयाँ दिल्ली उत्रेका थिए । झण्डै एक साता दिल्लीमा रहँदा थापाले हाम्रा प्रधानमन्त्रीको दूत भएर गरेको उच्चस्तरीय भेटघाटपछि ‘र’ प्रमुख सामन्त गोयलको काठमाडौं यात्रा तय भएको बताइन्छ ।
गोयलसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मुलुकबीचको सम्बन्ध अझै प्रगाढ होओस् भन्दै कुराकानी थाल्ने माहोल बनाउन आग्रह गर्नुभएको बताइन्छ । प्रधानमन्त्रीको भनाई उधृत गर्दै स्रोतले भनेको छ, ‘नेपालको सीमाभित्रको जमिन नेपालकै हुने भएकाले दुई देशबीच तत्काल वार्ता थालिनुपर्छ।’
प्रत्युत्तरमा गोयलले ‘आफू प्रधानमन्त्रीको दूतको रूपमा आएको र मोदीले नेपालमा जोसुकैको सरकार बने पनि भारतले समान व्यवहार र समर्थन गर्ने’ उल्लेख गर्दै भनेका थिए– ‘नेपालमा बढ्दै गएको भारतबिरोधी भावनालाई घटाउनै पर्छ । भारतले राम्रो गर्न खोज्दाखोज्दैको अवस्थामा समेत कुनै पनि विषयलाई बङ्ग्याउन हुँदैन ।’
भारतीय प्रधानमन्त्रीको सन्देश सुनाउँदै गोयलले भनेका थिए, ‘भारतविरोधी नदेखाएरै पनि राष्ट्रियताको पक्षधर हुन सकिन्छ ।’ चीनको सन्दर्भमा भारतीय दूत भनिएका गोयलले सुनाए, ‘नेपालले दुई छिमेकी मुलुकप्रति लिएको समान नीतिलाई भारतले सँधै समर्थन गर्दै आएको छ ।’ हायातमा बस्दा लागेको खर्च गोयलको टिमले नै ब्यहोरेको बताइन्छ ।
एकता न्यूज | पुस २७, २०७७ - सोमवार
न्याय, कानुन र सरकारी वकिल समूहका ८ जना उपसचिवहरू...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गरेका प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेर विवादमा परेको स्वास्थ्य मन्त्रालयमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काठमाडौँ । काम कुनैपनि किन नहोस्, सकारात्मक विचारले त्यसमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस ११, २०७७ - शनिबार
गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top