गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु (मृतकको नामावलीसहित)

एकता न्यूज / मंसिर १२, २०७७ - शुक्रबार


गुल्मीको इश्मामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इश्मा गाउँपालिका ४ बाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप हुलको विद्यालय नजिकै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इश्मा ४ हुलका डम्बर बहादुर हितान, सुन्दरी थापा, शिव बहादुर दर्लामी, धन बहादुर अछामी, बसन्त दर्लामी रहेको प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीले बताए ।

दुर्घटनामा घाइते भएका सरस्वती दर्लामी र फर्सु थापाको अवस्था गम्घिर रहेकोले उद्धार गरेर जिल्ला अस्पतालतर्फ पठाएको घटनास्थलबाट स्थानीय राम बहादुर कार्कीले बताए ।

बिहान ७ः२० बजे ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । दुर्घटनामा जिप भिरबाट ४ सय मिटर भन्दा तल खसेको र चालक सकुसल रहेको कार्कीले बताए ।

Comment from facebook

Top