एकता न्यूज / मंसिर ३, २०७७ - बुधबार
गुल्मी जिल्लामा पहिलोपटक मोटरबाटो ल्याउने विकासप्रेमी नेता बैकुण्ठबहादुर चन्दको निधन भएको छ । पूर्व राष्ट्रिय पञ्चायत सदस्य (सांसद) तथा जिल्ला पञ्चायतका सभापति समेत भइसकेका चन्दको ८७ वर्षको उमेरमा ललितपुरकाे निदान अस्पत्तालमा निधन भएको हो ।
हालको मदाने गाउँपालिका–१ अग्लुङ्ग घर भएका चन्द जिल्लाको विकासका निम्ति निस्वार्थ रुपमा अहोरात्र खटिने नेता चन्द मृगाैला सम्बन्धि बिमारकाे उपचार गराइरहनु भएकाे थियाे ।
विभिन्न किसीमका धम्की र प्रलोभन आउँदा पनि कुनै वास्ता नगरी चन्दले तानसेन देखि तम्घास सम्मको सडक निर्माण गराएक थिए । त्यसअघि गुल्मेलीले नुन, तेल लगायतका अत्यावस्यक सामान बटौली तथा पत्थरकोट बाट बोकेरै ल्याउनुपर्ने बाध्यता थियो ।
चन्दले अगुवाइ गरेर सडक निर्माण गर्ने अभियान चलाएपछि गुल्मेली जनताहरु सातु, मकै र अन्य खाद्यान्न बोकेर पाल्पासम्म बाटो खन्न गएका थिए ।
त्यसपछि मात्रै पहिलोपटक मोटरबाटोको सुविधा पाएका गुल्मीका जनताले चन्दलाई सबैभन्दा विकासप्रेमी नेताको रुपमा लिने गरेका छन् ।
अहिलेम्म पनि उक्त सडक नै गुल्मीलाई अन्य जिल्ला सँग जोड्ने मूख्य सडक हो । गुल्मीलाई बाहिरी जिल्लासँग जोड्ने उक्त सडकको विकल्पमा सडक अहिलेसम्म पनि बन्न सकेको छैन ।
नेता चन्दको निधनपछि गुल्मेलीहरूले सामाजिक संजाल मार्फत जिल्लामा पूर्वाधार विकासका सुत्रधार र विकासप्रेमी नेताको निधनले गुल्मी जिल्लालाई नै क्षति पुगेको धारणा व्यक्त गरिरहेका छन्।
चन्द २०२५ सालदेखि ३८ सालसम्म जिल्ला पञ्चायतको सभापति र २०३८ सालदेखि २०४६ साल सम्म राष्ट्रिय पञ्चायतको सदस्य रहेका थिए।
बैकुण्ठबहादुर चन्द झण्डै कुटिएका थिए
तानेसेन तम्घास सडक खोल्नमा तत्त्ताकालीन राष्ट्रिय पञ्चायत सदय बैकुण्ठबहादुर चन्दले अगुवाई गरेका थिए ।
उनी आफै पनि जनतासँग कोदालो र गैची चलाएर उक्त सडक खोलेका थिए । उनले बतासे डाँडाबाटै खन्न सुरु गरेपछि झण्डै पाल्पालीबाट कुटिनु परेको थियो ।
तानसेनको ब्यापार घट्छ भनेर तम्घास बाटो नखोल्ने उनलाई धम्की र ठूला आर्थिक प्रलोभन देखाएपनि उनले मानेका थिएनन् ।
२०७५ असार २३ मा उनले रातोपाटीसँगको कुराकानीमा आफूलाई बाटो नदिने पाल्पाका केही व्यक्तिले आक्रमण समेत गरेको बताएका थिए । ‘कसै मारेका थिएनन् । उनीहरुले दिन खोजेको पैसाको विटाका पछाडि म लागेको भएँ अहिले शहरमा चार पाँच वटा पक्की घर भई सक्ने थिए । तर, त्यस्तो लोभ लालचमा नलागी जनतासंगै आठोपिठो खाँदै र खन्दै तम्घास तानसेन बाटो खोलेको हुँ ।’ उनले भनेका थिए ।
उनले खोलेको उक्त सडक लामो समयपछि मात्र पक्की गरिएको थियो ।
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनको मुद्धामा...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध कसैले पनि...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएकाको...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
काठमाडौँ — सरकारले पूर्वपदाधिकारीहरूको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडाैं – चीनले नेपालसँगको कनेक्टिभिटीलाई सदैव उच्च महत्व दिएको...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय आजदेखि राणाकालीन दरबारमा...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top