एकता न्यूज / कार्तिक २४, २०७७ - सोमवार
लण्डन । नेपाली दूतावास बेलायतले शनिबार नेपाल विकास सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल र बेलायतबीचको सम्बन्धलाई थप प्रवद्र्धन गर्न योगदान गरिरहेको बताए ।
उनले नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान र संयुक्त राष्ट्रसङ्घको दिगो विकासका लक्ष्यहरु हासिल गर्न विदेशमा रहेर विभिन्न क्षेत्रमा दक्षता तथा अनुभव हासिल गरेका नेपाली विज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
सम्मेलनमा बेलायतको लीड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले ‘नेपालको विकासका लागि आर्थिक कुटनीति’ सम्बन्धमा प्रकाश पारेका थिए । यसैगरी, हडर्सफिल्ड विश्वविद्यालयका प्राध्यापक डा पदम सिम्खडाले ‘नेपाली आप्रवासी कामदारको स्वास्थ तथा हित’का विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत डा कृष्णप्रसाद अधिकारीले ‘नेपालका सामुदायिक सङ्घ संस्थाहरुका कार्य र त्यसको स्थानीय सरकारसँगको सम्बन्ध’ का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा यूनिर्भसिटी कलेज अफ लण्डनमा प्राध्यापनरत डा पुनम यादवले ‘तथ्याङलाई लिङ्गको आधारमा छुट्याउन किन आवश्यक छ ?’ भन्ने विषयमा प्रस्तुति गरेका थिए ।
यस्तै क्विन एलिजाबेथ अस्पतालमा कार्यरत तथा आर्डेन विश्वविद्यालयमा प्राध्यापनरत डा बच्चुकैलाश कैनीले ‘नेपालमा स्वास्थ्य क्षेत्रको विकास’ का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । बेलायतको ट्रान्सपोर्ट फर लण्डनमा मुख्य यातायात मोडेलरका रुपमा कार्यरत डा वीरेन्द्र श्रेष्ठले ‘काठमाडौँको ट्राफिक व्यवस्थापनका लागि बेलायतको अनुभव’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । बेलायतको रोयल बोटानिक गार्डेन एडिनबरामा कार्यरत जैविक विविधतासम्बन्धी बैज्ञानिक डा भाष्कर अधिकारीले ‘नेपालको विकासमा वनस्पति विज्ञानसम्बन्धी संयुक्त अनुसन्धानको महत्व’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनमा बेलायतका दुई प्रतिष्ठित अक्सफोर्ड र हल विश्वविद्यालयबाट महाविद्यावारिधि उपाधिद्वारा विभुषित प्राध्यापक डा सूर्यप्रसाद सुवेदीलाई राजदूत डा सुवेदीले अभिनन्दन गरेका थिए ।
एकता न्यूज | पुस २७, २०७७ - सोमवार
न्याय, कानुन र सरकारी वकिल समूहका ८ जना उपसचिवहरू...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गरेका प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेर विवादमा परेको स्वास्थ्य मन्त्रालयमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काठमाडौँ । काम कुनैपनि किन नहोस्, सकारात्मक विचारले त्यसमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस ११, २०७७ - शनिबार
गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top