एकैदिन ३ हजार ५१ संक्रमित, १८ जनाको मृत्यु

एकता न्यूज / कार्तिक २०, २०७७ - बिहिबार


काठमाडौं । मुलुकभर काेराेना भाइरसका थप ३ हजार ५१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५१ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ४३० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ४८ हजार ४०८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर दशमलव  प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १५ लाख ७ हजार १९० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर २९ हजार ५७४ जना होम आइसोलेसनमा छन् । आजसम्म देशभर एक हजार २३२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ४२८ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ ।

Comment from facebook

Top