एकता न्यूज / कार्तिक १८, २०७७ - मङ्लबार
काठमाडौं – सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारीको आकर्षण बढ्ने गरी अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने नीतिगत निर्णय गरेको छ । अब प्रदेश र स्थानीय तहले कुनै कर्मचारी आफूलाई मन परेन भने अन्यत्र पठाउने र आफूलाई मन पर्ने कर्मचारी पनि ल्याउन सक्ने बाटो खुला भएको छ ।
त्यस्तै प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका कर्मचारीलाई पनि यसअघि समायोजन भएको कार्यालय मन परेको छैन भने आफूलाई पायक पर्ने कार्यालयमा जान पाउनेछन् ।
गत भदौ १ गते यस सम्बन्धी मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह र अन्तर प्रदेश सरुवाको तयारी सुरु गरेको हो ।
सङ्घका कर्मचारी स्थानीय र प्रदेश तहमा जाँदा एक तह वृद्धि र ग्रेड थप हुने भएकाले अवकाश हुँदा पेन्सन वृद्धि हुने भएकाले सङ्घका कर्मचारी प्रदेश तथा स्थानीय तहमा जाने आकर्षण देखिएको थियो । कतिपय कर्मचारी पेन्सन बढाउन मात्र प्रदेश तथा स्थानीय तहमा जान सक्ने भएकाले कम्तीमा तीन वर्ष सेवा अवधि बाँकी भएका कर्मचारीलाई मात्र समायोजनमा पुनः अवसर दिन लागिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनको मुद्धामा...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध कसैले पनि...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएकाको...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
काठमाडौँ — सरकारले पूर्वपदाधिकारीहरूको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडाैं – चीनले नेपालसँगको कनेक्टिभिटीलाई सदैव उच्च महत्व दिएको...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय आजदेखि राणाकालीन दरबारमा...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top