उपसचिवको विज्ञापन स्थगित गर्न सर्वोच्चकाे आदेश

एकता न्यूज / कार्तिक १७, २०७७ - सोमवार


सर्वोच्च अदालतले उपसचिवको विज्ञापन स्थगित गर्न आदेश जारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सर्वोच्वले आज विज्ञापन स्थगित गर्न भनेको हो ।

उपसचिवका लागि रिक्त सबै पदमा विज्ञापन माग नगरी लुकाएको भन्दै वरिष्ठ अधिवक्ता हरिहर दाहाल र नारायण पराजुलीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि सहसचिव पद लुकाएको भन्दै उपसचिवद्वारा दायर गरेको मुद्दामा पनि यसअघि नै अल्पकालीन अन्तरिम आदेश जारी भइसकेको छ ।

Comment from facebook

Top