नेकपा सरकारमा भोका जनतलाई खाना खुवाउन पनि रोक, पार्टी प्यालेस भाडामा लिन उर्दी

एकता न्यूज / कार्तिक १७, २०७७ - सोमवार


कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई निःशुल्क खाना वितरणमा काठमाडौं महानगरपालिकाले रोक लगाएको छ ।

सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले नगर प्रहरी पठाएर खुलामञ्चमा खाना खुवाउन रोक लगाएको हो ।

केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।

३ दिनअघि खाना खुवाउने अभियान रोक्न आग्रह मात्र गरेको नगर प्रहरीले आज सोमबार भने खाना खुवाउने अभियानमा रोक नै लगाएको अभियन्ता बद्रीप्रसाद ढुंगानाले बताए । प्रहरीको टोलीले ‘मेयरसापको आदेश’ भन्दै खाना वितरणमा रोक लगाएको उनको भनाइ छ ।

तर महानगरले भने हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

सडकमा बस्नुपर्ने अवस्थाका सबैलाई उद्धार गरिरहेकोले अहिले सडकमा खाना खानुपर्ने अवस्थामा कोही नभएको भन्दै सरकारको बेइज्जत भएकोले सडकमा खाना खान रोक लगाएको महानगरस्रोतको भनाई छ ।

महानगरका एक अधिकारीका अनुसार खाना खुवाउने भए आफैंले पार्टी प्यालेस भाडामा लिन अभियान्ताहरुलाई भनिएको छ ।

Comment from facebook

Top