नेकपा विवाद : माधव नेपालीलाई नयाँ पार्टीकाे अध्यक्ष बन्न ओलीको प्रस्ताव

एकता न्यूज / कार्तिक १६, २०७७ - आइतवार


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री माधव नेपाललाई एकल अध्यक्ष बन्न प्रस्ताव गरेका छन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग दुरी बढेपछि ओलीले पूर्व एमालेहरु एक हुनुपर्छ भन्दै नेपाललाई यस्तो प्रस्ताव गरेका हुन् ।

पार्टीमा विवाद चर्कंदै गएपछि पूर्व एमालेहरुसँग सम्वाद तिब्र पारेका ओलीले माधव नेपाल पार्टी फुट्दा अर्को पक्षमा नरहुन भनेर एकल अध्यक्षको प्रस्ताव गरेको बालुवाटार स्रोतले बताएको छ । ‘पार्टी फुटे माधव नेपाललाई एकल अध्यक्ष बनाउँछु’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

‘प्रचण्ड’सँग दूरी बढेसँगै ओलीले वरिष्ठ नेता नेपालसंगको सहकार्यलाई अगाडि बढाएका छन् ।

अहिलेसम्म जे भएपनि अब मिलेर जाने प्रस्ताव गर्दै ओलीले नेपाललाई अबको नेता बनाइदिने प्रस्ताव गरेका थिए । ‘तपाईँले पार्टीको नेतृत्व लिनेगरी सबै कुरा मिलाउनु पर्छ’, स्रोतले भन्यो ।

गत साउन ९ गते यता छलफल नगरेका प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच गत कात्तिक ४ गते र मंगलबार गरी दुईपटक संवाद भइसकेको छ ।

Comment from facebook

Top