प्रचण्डलाई फोन गरेर बाबुरामले भने ‘नयाँ पार्टी बनाउँ’

एकता न्यूज / कार्तिक १६, २०७७ - आइतवार


जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसंग मिलेर नयाँ पार्टी बनाउने प्रस्ताव गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी )नेकपा) अन्तरद्वन्द चर्किएका बेला आइतबार बिहान भट्टराईले प्रचण्डलाई फोन गरेर भट्टराईले यस्तो प्रस्ताव राखेका हुन् ।

डा.भट्टराई र प्रचण्डबीच करिब आधा घण्टा भएको कुराकानीमा डा. भट्टराईले प्रचण्डलाई नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान सहेर नबस्न पनि सुझाव दिएका थिए ।

डा. भट्टराईको प्रस्तावको ठोस जवाफ भने प्रचण्डले नदिएको पनि स्रोतले बताएको छ । प्रचण्ड र डा. भट्टराई पहिलो र दोश्रो बरियतामा रहेर २०५२ देखि शुरु भएको शसस्त्र संघर्ष (जनयुद्ध) सँगै गरेका नेताहरु हुन् । युद्धपछि शान्ति प्रक्रियामा सँगै पार्टीमा बसेर प्रचण्डसँग सहकार्य गरेका भट्टराई संविधान जारी भएलगत्तै पार्टी परित्याग गरेर नयाँ शक्ति गठनको अभियानमा जुटेका थिए।

Comment from facebook

Top