एकता न्यूज / कार्तिक १४, २०७७ - शुक्रबार
तिहारमा शहर बजारमा खेलिने भैलो हेर्दा धेरैको प्रतिकृया हुन्छ ‘गाउँको जस्तो मौलिक र रसिलो भए पो हेर्नु ।’ युट्युवमा हेर्न पाइने देउसी भैलोले पनि गाउँबाट शहर पुगेकाहरुलाई भैलोको तिर्सना मेटाउँदैन ।
मौलिक भैलोको यही तिर्सना मेटाउन गायक नारायण घर्तीले मौलिक देउसी भैलो ल्याएका छन् । नजिकिदै गरेको तिहारलाई लक्षित गरी ‘भैलो आयो रे’ बोलको गित बजारमा ल्याएका घर्तीले गाउँले परिवेशलाई नजिकबाट नियालेर रचिएको बताएका छन् ।
शहरमा बसेकाहरुले जहिल्यै गाउँको झल्को मेटाउने देउँसी भैलो हेर्न नपाएकोले त्यही अभाव पूर्ति गर्नका लागि ‘भैलो आयो रे’ ल्याएको उनको भनाई छ । ‘यो म्युजिक भिडियो हेर्दा भैलेनीहरु घरमै आएजस्तो अनूभुति गराउने छ’, उनले भने ।
पेशाले निजामति सेवाका अधिकृत रहेका घर्तीघर्तीले यसअघि दँशैमा घरबाहिर रहेकाहरुको भावना समेटेको गीत ‘म परदेशी’ बजारमा ल्याएका थिए । जुन गीत छोटो समयमै निकै लोकप्रीय बनेको थियो । आफूलाई पहिल्यै देखि गाउँको मौलिक संस्कृतिसँग जोडिएको र घर जान नपाउनेहरुले भरपूर मनोरञ्जन लिनेगरी म्युजिक भिडियो तयार गर्ने चाहना रहेपनि नमिलेको र यसपटक सरकारी जागिरबाट फूर्सद मिलाएर भिडियो तयार पारेको उनको भनाई छ ।
नारायण घर्ती र कमला पोखरेलको स्वर रहेको ‘भैलो आयो रे’मा नेत्र अर्यालको शब्द र एरेञ्ज रामचन्द्र चन्दको संगीत संयोजन रहेको छ । हुम गैरेका निर्देशन तथा सम्पादनमा निर्माण भएको म्युजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र लोमश शर्माको अभिनय छ ।
एकता न्यूज | पुस २७, २०७७ - सोमवार
न्याय, कानुन र सरकारी वकिल समूहका ८ जना उपसचिवहरू...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गरेका प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेर विवादमा परेको स्वास्थ्य मन्त्रालयमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काठमाडौँ । काम कुनैपनि किन नहोस्, सकारात्मक विचारले त्यसमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस ११, २०७७ - शनिबार
गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top