‘पारिवारसँग बसेर हेर्न नमिल्ने लोक दोहोरीका भिटेनलाई पनि प्रहरीले खोज्नुपर्छ’ गायक शिरीष देवकोटा

एकता न्यूज / कार्तिक १४, २०७७ - शुक्रबार


लोकदोहोरी गायक शिरीष देवकोटाले र्‍यापमा मात्र नभई लोक दोहोरीमा पनि अश्लीलता भित्र्याउनेहरु रहेकाले प्रहरीले खोज्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सांस्कृतिक मौलिकता बोकेको दोहोरीमा अश्लीलता प्रस्तुत गर्ने व्यक्तिहरु रहेकोले उनीहरुको खोजी गर्न प्रहरीलाई सुझाव दिएका हुन् ।

भिटेन नामले चिनिएका र्‍यापर  समिर घिसिङले अश्लील शब्दहरु प्रयोग गरेकोले प्रहरी प्रधान कार्यालयले खोजी गर्न सीआईवीलाई निर्देशन दिएको बेला उनले लोक दोहोरी क्षेत्रका भिटेनको पनि खोजी गर्नुपर्ने सुझाव आएको हो ।

लोक दोहोरीमा शब्द विषय अनि भाव सङ्गै प्रस्तुतिमा अश्लीलता प्रस्तुत गरेर दोहोरी फोहोरी हुन्छ भन्ने भ्रमपूर्ण वातावरण सृजना गरेको उनको भनाई छ । पारिवारिक रुपमा बसेर हेर्न सुन्न नमिल्ने केही दोहोरीकै कारण समग्र दोहोरी कै बदनाम हुने डर रहेको उनको भनाई छ ।

‘भिटेन मात्रै होईन,प्रत्यक्ष दोहोरीमा पनि केही दोहोरी भिटेनहरु छन् जसले सभ्य अनि सांस्कृतिक मौलिकता बोकेको दोहोरीमा अश्लीलता (शब्द,विषय अनि भाव सङ्गै प्रस्तुतिमा) पैदा गरेर दोहोरी फोहोरी हुन्छ भन्ने भ्रमपूर्ण वातावरण सृजना गरेका छन्’, देवकोटा लेख्छन्, ‘पारिवारिक रुपमा बसेर हेर्न सुन्न नमिल्ने केही दोहोरी कै कारण समग्र दोहोरी कै बदनाम हुने डर छ ।’
उनले व्यवसायिकता अनि स्वन्त्रताका नाममा नाङ्गिएर हिँड्ने अधिकार कसैलाई नभएको बताएका छन् । ‘प्रहरी प्रशासनले यता पनि नजर लाउनु पर्ने अवस्था छ’, उनले लेखेका छन् ।

Comment from facebook

Top