एकता न्यूज / कार्तिक १४, २०७७ - शुक्रबार
वैज्ञानिकहरुले कोरोना भाइरसले थप घातक भाइरस जन्माउने प्रकृयालाई अवरुद्ध पार्न सक्ने प्रविधि पत्ता लगाएका छन् ।
अमेरिकाको सेन एन्टोनियास्थित युनिभर्सिटी अफ टेक्ससको हेल्थ साइन्स सेन्टरका वैज्ञानिकहरुले कोरोना भाइरसले अन्य घातक भाइरसहरु जन्माउन रोक्ने दुईवटा अणुको विकास गरेका हुन् ।
कोरोना भाइरसको संख्या बृद्धिमा अवरोध पुर्याउने यो विधिमा वैज्ञानिकहरुले दुईवटा अणुको विकास गरेका हुन । यी अणुले कोरोना भाइरसले प्रयोग गर्ने सिजर एन्जाइमलाई रोक्छ । यसलाई SARS-CoV-2-PLpro भनिन्छ । SARS-CoV-2-PLpro ले भायरल र मानव कोशिकाहरुमा हुने प्रोटिनमा संक्रमण बढाउँछ ।
हेल्थ साईन्स सेन्टरको बायोकेमिस्ट्री एवं स्ट्रक्चरल बायोलोजीका एसोसियट प्रोफेसर शन के अल्सनका अनुसार सिजर एन्जाइमले कोरोना भाइरसको संख्या बढाउने र तीब्र गतिकासाथ संक्रमण फैलाउँल सहयोग गर्छ । उनले भने, “यो एन्जाइमले मानव शरीरमा संक्रमण बढाउने आफु जस्तै अन्य थुप्रै कोरोना भाइरसहरु उत्पादन गर्न सघाउँछ ।”
प्रोफेसर अल्सनका अनुसार यो एन्जाइमले कोरोना भाइरसको संक्रमणविरुद्ध आक्रमण गर्न मानव इम्युन सिस्टमलाई संकेत दिने सिटोकाइन्स र किमोकाइन्स जस्ता अणुहरुमा पनि अवरोध उत्पन्न गराउँछ ।
प्रोफेसर अल्सनका अनुसार SARS-CoV-2-PLpro ले ubiquitin र ISG15 जस्ता मानव प्रोटिनलाई नष्ट गर्छ । यो अध्ययनबाट वैज्ञानिकहरुले SARS-CoV-2-PLpro को गतिविधिलाई रोक्न सक्षम एक अवरोधक अर्थात ढालको विकास गरेका हुन ।
यो अवरोधकले मानव कोशिकाहरुमा भएका प्रोटिनलाई कुनै हानी पुर्याउँदैन । यसले केवल भायरल एन्जाइमलाई मात्रै रोक्छ । यो सफलता कोरोना भाइरसविरुद्धको निर्णायक कदम भएको प्रोफेसर अल्सनलाई उद्धृत गर्दै भ्वाइस अफ हेल्थ केयरले जनाएको छ ।
कोरोना संक्रमणको महामारी जारी रहेकै बेला वैज्ञानिकहरुको यो सफलताले विश्वभरीका मानिसमा नयाँ आशा जगाएको छ ।
वैज्ञानिकहरुका अनुसार नयाँ प्रविधिले कोरोना भाइरसको प्रोटिनमा अवरोध सिर्जना गर्छ । यो विधिको प्रयोगबाट कोरोना भाइरसले अन्य घातक भाइरसहरु जन्माउन सक्दैन । जसका कारण मानवीय रोगप्रतिरोधी प्रणालीलाई ध्वस्त पार्ने कोरोना भाइरसको संक्रमण र विस्तार रोकिन्छ ।
यो विधि कोरोना भाइरसविरुद्धको औषधि विकास गर्न सहयोगी सावित हुने अनुशन्धानकर्ताहरुले विश्वास गरेका छन ।
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनको मुद्धामा...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध कसैले पनि...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएकाको...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
काठमाडौँ — सरकारले पूर्वपदाधिकारीहरूको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडाैं – चीनले नेपालसँगको कनेक्टिभिटीलाई सदैव उच्च महत्व दिएको...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय आजदेखि राणाकालीन दरबारमा...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top