एकता न्यूज / कार्तिक १३, २०७७ - बिहिबार
भिटेन नामले चिनिएका र्याप गायक समीर घिसिङले फेरी पनि छाडा शब्द बोलेको नयाँ गीत ल्याएपछि प्रहरीले खोजी गरेको छ ।
भिटेनले गाएको गीतमा महिलालाई अपमान गर्नेगरी छाडा शब्द बोलेको पाइएपछि गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई प्रहरीले खोजी शुरु गरेको हो ।
प्रहरी प्रधान कार्यालयले उनीहरुको खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ । प्रहरी प्रधान कार्यालयको पत्र पाएसँगै साइबर ब्यूरोले भिटेनको खोजी गरेको छ ।
भिटेन उनै गायक हुन, जसले यसअघि प्रहरी फन्दामा परेर अब आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाएपछि छुटेका थिए।
गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएपनि फेरि त्यस्तै गीत गाएपछि अनुसन्धान गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।
भिटेनको हालै युट्युबमा सार्वजनिक ‘पारा’ शीर्षकको गीतमा उनले महिलाहरुलाई अपमान गर्दै ‘माल’ शब्दको प्रयोग गर्नुका साथै अरु अश्लील शब्दसमेत प्रयोग गरेका छन् ।
‘हामी यस्तै त हो नि ब्रो’ गीतमा पनि उनले महिलाहरुलाई ‘माल’ भन्नुका साथै प्रहरीको बदनाम गरेको आरोप लगाइएको थियो ।
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनको मुद्धामा...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध कसैले पनि...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएकाको...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
काठमाडौँ — सरकारले पूर्वपदाधिकारीहरूको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडाैं – चीनले नेपालसँगको कनेक्टिभिटीलाई सदैव उच्च महत्व दिएको...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय आजदेखि राणाकालीन दरबारमा...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top