एकता न्यूज / असोज ५, २०७७ - सोमवार
चाड हो, आईहाल्छ, रोकेर रोकिँदैन । नेपाली हिन्दुहरुले महान चाड भनेर मनाउने दँशै नजिकिएको छ । हुनेलाई त यो धुमधाम रमाईलो र खुसीको पर्व हो तर दिनभरी मजदुरी गरेर साँझ छाक टार्नेहरुालाई के दशैं के अरुबेला सँधै उस्तै हुन्छ । उनीहरुका लागि त बरु दशैं नआइदिए हुन्थ्यो जस्तो लाग्छ । तर यो पीडा कसैले बुझ्दैन ।
यी बाध्यतालाई बुझेर गायक अर्जुन कुँवरले बजारमा ल्याएको ‘हे दैव’ निकै लोकप्रीय बनेको छ । निकै मर्मस्पर्शी गीत भएकोले गत … मा सार्वजनिक भएको यो गीत ११ दिनमै डेढ लाख नेपालीले हेरेका छन् ।
पितृ बुढोको नामले चिनिएका अर्जुन कुँवर र सरिता शाहीको स्वर रहेको यो गीतमा गरिब परिवार जसले दिनभरी मजदुरी गर्दा पनि बिहान बेलुका छाक टार्न गारो भएको विषय बस्तुलाई समावेश गरिएकोछ।
आफू हाँस्य कलाकार भएपनि सँधै दर्शकलाई रुवाउने गीत गाउने अर्जुनले आँशुको कारखाना, लिलामी ,आँशुको शहर, शासन जस्ता चर्चित गीतमा आवाज दिइसकेका छ्न।
गणेश अधिकारिको लय तथा शब्द रहेको यो गीतमा कलाकर आशिर प्रताप जङ्ग , अन्जली अधिकारी, को अभिनय रहेको छ भने पुरुषोत्तम ढुंगाना र बाल कलाकार सभिरा बोहोराले साथ दिएका छ्न।
स्मृती तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको गीतलाई करन चैसिरले छायांकन गरेका छ्न । भने श्याम मल्लको श्रृङ्गार र शिव पौडेल को समपादन रहेको म्युजिक भिडियो योग्सना डिजिटल म्युजिक प्रा लि बाट बजारमा आएको छ । यो गित कलाकार अर्जुन कुवर ‘पित्री बूढो’ को आफ्नै अफिसियल युट्टुब च्यानल बाट सार्बजनिक भएको छ ।
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनको मुद्धामा...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध कसैले पनि...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएकाको...
एकता न्यूज | फाल्गुन ६, २०७७ - बिहिबार
काठमाडौँ — सरकारले पूर्वपदाधिकारीहरूको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडाैं – चीनले नेपालसँगको कनेक्टिभिटीलाई सदैव उच्च महत्व दिएको...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार...
एकता न्यूज | फाल्गुन ३, २०७७ - सोमवार
काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय आजदेखि राणाकालीन दरबारमा...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top